बाढीपहिरोबाट ज्यान गुमाएकाप्रति समवेदना



काठमाडौँ ।
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी ९राष्ट्रवादी० का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले हालै देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोबाट ज्यान गुमाएकामा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

अध्यक्ष लोहनीले आज जारी गर्नुभएको विज्ञप्तिमा उक्त प्रकोपबाट जोखिममा रहेका जनतालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न तथा पीडित जनतालाई न्यायोचित ढंगमा राहत वितरणका लागि सरकारलाई आग्रह गर्नुभएको छ ।

उहाँले वर्षात्को समयमा पहाड र तराईमा हुने विपत्तिका लागि पूर्वसतर्कता अपनाउन र भौतिक व्यवस्थाका साथै क्षतिग्रस्त स्थानमा तुरुन्त उद्धार तथा राहतको व्यवस्था गरी जनजीवनलाई सामान्य बनाउन सरकार, प्रशासन र सबै तहका स्थानीय निकायसित विज्ञप्तिमार्फत माग गर्नुभएको छ । उहाँले भूकम्प, बाढी, पहिरो वा आगलागी पीडितलगायतलाई मानवीय सहयोग उपलब्ध गराउन स्वदेश तथा विदेशमा रहेका नेपालीलाई समेत आग्रह गर्नुभएको छ ।

यसैबीच, पार्टी निकट युवा शक्तिले शान्ति सुरक्षा, महँगी नियन्त्रण तथा भ्रष्टाचार न्यूनीकरणको माग गर्दै बिहीबार साँझ नयाँ बसपार्क, गोङ्बु क्षेत्रमा विरोधसभा तथा त्यस आसपास क्षेत्रमा सचेतना अभियान शुरु गरेको पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्