वृज सिमेन्ट र कामीरिता शेर्पाको सगरमाथा कथा यात्राबीच सहकार्य



काठमाडौं, (नेस)
सर्वोच्च शिखर सगरमाथाको २२औं पटक सफल आरोहण गरी विश्व र्कीिर्तमान कायम राख्न सफल पर्वतारोही कामीरिता शेर्पा लाई आगामी वर्ष सगरमाथा वरिपरिका बस्तीहरूमा यात्रा गरी सो हिमाली भेगका कथा संकलन गर्ने उदेश्यका साथ आयोजना गर्न लागेको ‘सगरमाथा कथा यात्रा २०१९’ का लागि हातेमालो गर्न वृज सिमेन्ट इण्डष्ट्रिज प्रालि र पुष्पतारा केडिया फाउन्डेशनले सहकार्य गर्ने भएको छ।

सगरमाथा वरिपरिका बस्तीहरू र विशेषगरी शेर्पा समुदायको साँस्कृतिक, आर्थिक, सामाजिक तथा मौलिक कथाहरू विश्वसामु चिनाउनु यस यात्राको मुख्य उद्देश्य रहेको छ। सो अभियानमा सगरमाथा क्षेत्रमा फैलिएको फोहर तथा जलवायु परिवर्तनले दिनानुदिन सगरमाथा क्षेत्रको स्थानीय बस्ती तथा त्यहाँको पर्यटन व्यवसायमा परिरहेको नकारात्मक प्रभावको बारेमा कथा संकलन गरिने छ।
भूकम्पपश्चात् पुनर्निर्माणका कथा विशेष रूपमा यसमा समेटिने छ।

कथा संकलनको लागि आधुनिक प्रविधिको प्रयोग गरिनुको साथै नक्सामा कथा राख्ने स्ट्रिट भ्यु अभियान थालनी गरिनेछ। जसका लागि स्टोरी साइकलसँग सहकार्य गरिएको छ।

प्रतिक्रिया दिनुहोस्