मदर टेरेसाको च्यारिटी बच्चा बिक्री विवादमा



नयाँदिल्ली, (एजेन्सी)
पूर्वी भारतीय राज्य झारखण्डस्थित मदर टेरेसाको मिसिनरिज अफ च्यारिटीमा कार्यरत एक महिलालाई बिहीबार एक १४ वर्षीय बालकलाई बिक्री गरेको अभियोगमा प्रहरीले गिरफ्तार गरेको छ।
सो केन्द्रमा काम गर्ने अन्य दुई महिलामाथि पनि यसै काण्डलाई लिएर प्रहरिले हिरासतमा राखेर सोधपुछ गरिरहेको छ। राज्यको बाल कल्याण समिति (सीडब्ल्यूसी) ले उजुरी दर्ता गरेपछि प्रहरीले कारबाही अघि बढाएको हो। बीबीसीले उक्त च्यारिटीको प्रतिक्रिया बुझ्ने प्रयास गरिरहेको छ।

एक प्रहरी अधिकारीले आफूहरूले सो च्यारिटीबाट अन्य केही बच्चा पनि बिक्री भएको पत्ता लगाएको दाबी गरेको छ। बीबीसी हिन्दीका निरज सिन्हाले भनेका छन्– ‘हामीले ती बच्चाहरूका आमाको नाम पत्ता लगाइसकेका छौं र यसबारे थप अनुसन्धान गरिरहेका छौं।’ झारखण्डको राजधानी राँचीमा रहेको सो च्यारिटीबाट प्रहरीले १ लाख ४० हजार भारु पनि बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्