द्वन्द्व जारी



दमास्कस, (एजेन्सी)
दक्षिणी सिरियाली क्षेत्रमा जारी रहेको द्वन्द्वका क्रममा हालै करिब ३ लाख मानिस विस्थापित भएको र यसरी विस्थापित हुनेको संख्या निरन्तर बढ्दै गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। दुई सातायतादेखि सो क्षेत्रमा द्वन्द्व चर्किन थालेको हो। संयुक्त राष्ट्रसंघीय निकायले बिहीबार दिएको जानकारीअनुसार सिरियाको प्रायः सम्पूर्ण दक्षिणी क्षेत्र द्वन्द्वग्रस्त बनेको छ। फलस्वरूप सो क्षेत्रमा आतंककारीहरूको पनि घुसपैठ भइरहेको छ। विगत लामो समयदेखि लडाकूको नियन्त्रणमा रहेको दक्षिणी सिरियाको डारा प्रान्तमा सरकारी सुरक्षा फौजले केही हप्ताअघि कारबाही थालेको हो।

प्रतिक्रिया दिनुहोस्