भविष्यवाणी गर्ने बिरालोको निधन



बेइजिङ, (एजेन्सी)
रुसमा जारी विश्वकपमा ६ खेलमा सही भविष्यवाणी गरेको बिरालोको मृत्यु भएको छ। यसले चीनको सोसल मिडियामा निराशा छाएको छ। बिरालोको अगाडि खाना र झण्डासहितको दुई कचौरा राखिन्छ। बिरालोले जुन कचौरामा खान्छ त्यही टोली जित्ने भविष्यवाणी हुने क्रममा ६ वटा मिलेको थियो। यसैले त्यो बिरालो चीनमा लोकप्रिय बनेको थियो।

प्यालेस म्युजियमले चीनका वेइबो (ट्विटर जस्तै) मा उसको एकाउन्ट पनि बनाइदिएको थियो। अर्जेन्टिना र नाइजेरियाबीचको खेलको भविष्यवाणी उसको अन्तिम थियो। म्युजियमले बताएको छ– ‘बिरालो बिरामी थियो र सोमबार उसको मृत्यु भयो।’ यसपछि वेइबोमा १० हजारभन्दा बढी प्रतिक्रिया आएको छ।

प्रतिक्रिया दिनुहोस्