अब पालो पुरुष रिपोर्टरको



मस्को, (एजेन्सी)
विश्वकपको दौरान रिपोर्टरलाई चुम्बन गर्ने घटनामा अर्को ट्विट भएको छ। यसअघि तीन महिला रिपोर्टरलाई पुरुषले चुम्बन गरेको घटनाले चर्चा पाएको थियो। अब पुरुष रिपोर्टरलाई महिलाले चुम्बन गरेको घटना आएको छ। दक्षिण कोरियाका पुरुष रिपोर्टरलाई एक जना मात्रै होइन दुई महिलाले चुम्बन गरेका छन्। यो भिडियो भाइरल भइसकेको छ।

कोरियाको एमबीएन च्यानलका लागि रिपोर्टिङ गरेका क्वाल येललाई अज्ञात दुई महिलाले चुम्बन गरे। अचानक भएको यो घटनाले येल केही समय बोल्न पनि नसकेको बताइएको थियो। पहिलो महिलाले चुम्बन गर्दा येलले आफ्नो काम छाडेनन्। तर, दोस्रो महिलाले चुम्बन गर्दा उनी रिसाए। संसारभर यो सही हो या गलत ? भन्ने प्रश्न तेर्सिएको छ।

दक्षिण कोरियामा यसबारे अलग तरिकाले बहस पनि शुरू भएको छ। सोसल साइट्समा लेखिएको छ– ‘यसपटक पुरुष रिपोर्टरलाई निसाना बनाइएको छ। यसमा मिडिया चुप किन छ। के यो जरुरी छ कि यदि महिला भएको भए जबरजस्ती जस्तो कुरा हुन्छ। यो नैतिकताको आधारमा गलत हो।’

एक अर्को ट्विटर युजर्सले लेखेका छन्– ‘पुरुष रिपोर्टरलाई दुई महिला फ्यान्सले चुमे। यसमा मिडियाको हेराई अलग देखिएको छ, किन ? यदि यहाँ नै कोही समलिंगीले पुरुष रिपोर्टरलाई चुमेको भए के यस्तो कुरा हुन्छ त ?’

प्रतिक्रिया दिनुहोस्