हाम्री चेली सडकमा



सडक नाटक हाम्री चेली उपत्यकाका विभिन्न स्थानमा मञ्चन गरिएको छ। विश्वास नेपालको अप्सरा परियोजनाको प्रस्तुति एकप्याट लक्जम्बरको सहयोगमा हाम्री चेली मञ्चन गरिएको हो।

काठमाडौंका चावहिल, गौशाला, कालो पुल, गोंगबु, महाराजगन्ज, कंलकी, कोटेश्वर, नयाँ बजार, रत्नपार्क, सुनधारालगायतका स्थानमा नाटक मञ्चन गरिएको हो। रामकाजी घिमिरेको लेखन र शम्भु ढुंगानाको निर्देशनमा नाटकमा कलाकारहरू विश्वदीप घिमिरे, जयराम सापकोटा, शान्ति दाहाल, सावित्री बस्नेत, समुन्द्र बानिया, शर्मिला बस्नेत, देवकी भण्डारी, सुमित्रा श्रेष्ठ, सरिता सिलवाललगायतले अभिनय गरेका थिए भने बिना तामाङ, अनु गुरुङ, शर्मिला बस्नेतलगायतले अभिनय गरेका थिए। सावित्री पन्त र सावित्री बस्नेतले नृत्य निर्देशन गरेका थिए।

रेस्टुरेन्ट श्रमिक महिलाका लागि हाम्रो आवाज पेसागत हिंसामुक्त समाज भन्ने नारासहित शुरू गरिएको सडक नाटकमा रेस्टुरेन्ट तथा मनोरञ्जन क्षेत्रमा काम गर्नेहरूको हक–हितका विषय उठाइएको थियो। नाटकमा प्रलोभनमा पर्दा कस्ता–कस्ता दुर्घटनामा पर्न सक्छन् हाम्रा चेलीहरू भन्ने कुरा पनि देखाउन खोजिएको थियो।

विभिन्न ठाउँमा नाटक मञ्चन भइरहँदा विश्वास नेपालका पूर्वअध्यक्ष तारा भण्डारी, कोषाध्यक्ष बिनु श्रेष्ठ, कार्यक्रम संयोजक पर्शुराम चौधरीलगायतले नाटक मञ्चन गर्नुको उद्देश्य र संस्थागत परिचय गराएका थिए।

प्रतिक्रिया दिनुहोस्