चीन: न्याय नपाउँदा आत्महत्या



बेइजिङ (एजेन्सी)
चीनमा शिक्षकद्वारा यौन शोषण भएकोमा न्याय नपाएपछि दुखित बनेकी १९ बर्षिय एक युवतीले आत्महत्या गरकी छिन् । ती युवतीलाई केहिले भवनबाट हामफाल्न उक्साएको पनि बताइएको छ । उत्तर पश्चिम गान्सु प्रान्तको चिंगयांगको एक डिपार्टमेन्टल स्टोरको ८ औ तल्लाबाट हाम्फाली उनले आत्महत्या गरेकी थिइन् ।

उनले पहिला पनि आत्महत्या गर्ने प्रयास गरेको प्रहरीले बताए । ती युवतीले सन् २०१६ सेप्टेम्बरमा एक हाईस्कुल शिक्षकले उसलाई जबरजस्ती चुम्बन गरेको र लुगा फुकाल्ने प्रयास गरेको उजुरी दिएकी थिइन् । तर सम्बन्धित निकायले यौन उत्पिडनको उक्त उजुरीलाई खारेज गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्