म्याराडोना निशुल्क कोच बन्ने



ब्युनस आयर्स, (एजेन्सी)
विश्वकपमा अर्जेन्टिनाले निरासजनक प्रदर्शन गरेपछि जर्ज साम्पाओलीले कोचको पदबाट राजीनामा दिने दवावबीच डिएगो म्याराडोनाले पद सम्हाल्ने चासो देखाएका छन् ।

१९८६ को विश्वकप विजेता म्याराडोनाले अर्जेन्टिनाको कोच हुन आफुलाई एक पैसा पनि नचाहेको उल्लेख गरेका छन् । आफनो टीभी कार्यक्रम ह्यान्ड अफ गड मा ५७ वर्षीय खेलाडीले बताए कि उनी राष्ट्रिय टोलीका लागि कोच बन्न तयार छन् । म्याराडोनाले २००८ देखि २०१० बीच दुई वर्ष अर्जेन्टिनाको कोच बनेका थिए ।

उनले भेनेजुएलाको एक टीभी च्यानलमा प्रसारित हुने आफनो कार्यक्रममा बताए—म राष्ट्रिय टोलीको नेतृत्व गर्नका लागि फर्कनेछु र म निशुल्क काम गर्छु । यसको बदलामा मलाई केही चाहिँदैन ।

प्रतिक्रिया दिनुहोस्