पोल्यान्ड: न्यायिक विरोध



वार्सा,(एजेन्सी)
पोल्यान्डको सर्वोच्च अदालतका प्रधान न्यायधिशले दर्जनौं वरिष्ठ न्यायधिशलाई निश्चित समय भन्दा पहिले नै अवकाश लिन लगाउने विवादास्पद कानुनलाई बुधवार अस्विकार गरेकी छिन् । ६५ वर्षिय प्रधान्यायधिश माल्गोर्जाता गर्सडोर्फलाई सरकारले मंगलवाको मध्यराति राजिनामा दिन आदेश दिँदै उनको स्थानमा अर्कै व्यक्तिको नाम सिफारिस गरेको थियो ।

उनले न्यायधिशरुलाई सत्तरी वर्षको सट्टा पैंसठीमै अवकास दिने नयाँ कानुनको विरोध गरेकी थिइन् । पोल्यान्डका प्रधानमन्त्री मातेउस्ज मोराविएकीले सरकारको यस नयाँ कानुनको वकालत गर्दै प्रत्येक युरोपेली राष्ट्रसंग न्यायिक प्रणाली विकास गर्ने अधिकार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्