सनसनी खेल जित्दै इंग्ल्याण्ड विजयी



मस्को, (एजेन्सी)
सनसनीपूर्ण खेल जित्दै इंग्ल्याण्ड रुसमा जारी फिफा विश्वकप फुटबलको क्वाटरपÞmाइनलमा प्रवेश गरेको छ ।

मंगलवार राति भएको नकआउट चरणको अन्तिम खेलमा कोलम्बियाविरुद्ध टाईब्रेकरमा ४–३ ले जित हासिल गर्दै इंग्ल्याण्डले अन्तिम ८ मा स्थान पक्का गरेको हो । विश्व कप इतिहासमा इंग्ल्यान्ड पेनाल्टी सुट आउटमा विजयी भएको यो नै पहिलो पटक समेत हो । इंग्ल्याण्डको जितमा गोलरक्षक जोर्डन पिक्फोर्डले कोलम्बियाका बाकाको प्रहार छेक्नु नै इंग्ल्याण्डको जितको कारण बन्यो ।

कोलम्बियाका कप्तान राडामेल फाल्काओले पहिलो पेनाल्टीमा गोल गर्न सफल भए । इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले पनि पहिलो पेनाल्टीमा गोल गरेका थिए । दोस्रो प्रहारमा कोलम्बियाका हुवा काड्राडोले र इंग्ल्यान्डका मार्कस् रास्फोर्डले गोल गर्दा खेल टाइब्रकेर २–२ को बराबरी स्थितिमा पुगेको थियो ।

तेस्रोमा कोलम्बियाका लुइस मुरियलले गोल गरे भने इंल्यान्डका जोर्डन हेन्डर्सनको प्रहारलाई कोलम्बियाका गोलकिपर डेभिड ओस्पिनाले रोकेका थिए । कोलम्बियाका लागि चौथो पेनाल्टी प्रहार गरेका मेटेउस उरिबीको प्रहार गोलपोष्ट दायाँ बिममा लाग्दै बाहिरिएको थियो । त्यसपछि इंग्ल्यान्डका रक्षक केरन ट्रिपरले गोल गर्दै खेललाई ३–३ को बराबरीमा पु¥याएका थिए । कोलम्बियाका कार्लोस बाकाको प्रहारलाई इंग्ल्यान्डका गोलकिपर पिक्फोर्डले रोके । इंग्ल्यान्डका लागि इरिक डियरले गोल गरेपछि टोली ४–३ ले विजयी भएको थियो ।

त्यसअघि इंग्ल्यान्ड र कोलम्बियाबीचको निर्धारित ९० र अतिरिक्त समयसम्मको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । इन्जुरी समयको तेस्रो मिनेटमा येरी मिनाले हेडमार्फत गोल गरेपछि खेल १–१ को बराबरीमा टुङ्गिएको थियो । कर्नरबाट आएको बलमा मिनाले हेडमार्फत गोल गरेपछि कोलम्बियाले अन्तिम क्षणमा क्वाटरफाइनलमा पुग्ने सम्भावनालाई जीवितै राखेको थियो ।

कप्तान ह्यारी केनको पेनाल्टी गोलबाट इंग्ल्यान्डले ५७ औं मिनेटमा अग्रता लिएको थियो । कार्लोस सान्चेजले बक्सभित्र फाउल हानेपछि प्राप्त पेनाल्टीमा केनले विना कुनै गल्ति गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

उक्त गोलसँगै जारी विश्वकपमा आफ्नो गोल संख्या ६ पु¥याएका केनले गोल्डेन बुटमाथिको दावेदारी थप मजबूत गरेका छन् । उनको निकटम प्रतिद्वन्दीका रुपमा ४ गोल गरेका बेल्जियमका रोमेलु लुकाकु रहेका छन् । इंग्ल्याण्डले अब सेमिफाइनल प्रवेशका लागि स्विडेनको सामना गर्नेछ ।

यो खेलको समाप्तीसँग विश्व कप क्वार्टरफाइनलको समिकरण पनि पुरा भएको छ । यसअघि नै उरुग्वे, फ्रान्स, आयोजक रुस, क्रोएसिया, ब्राजिल, बेल्जियम र स्विडेन अन्तिम आठमा पुगेका छन् । क्वार्टरफाइनलमा उरुग्वे र फ्रान्स, रुस र क्रोएसिया, ब्राजिल र बेल्जियम तथा इंग्ल्यान्ड र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ ।

जितपछि पिक्फोर्डले बताए—मैले यसका लागि धेरै शोध गरेको थिए । राडामल फाल्काओ एकमात्र खेलाडी थिए जुन मेरो सोचाईअनुसार गएन । अरुले कता प्रहार गर्छन् मलाई थाहा थियो । बाकाको प्रहार मेरो बायाँ नै आउने मैले सोचे र त्यही डाइभ हाने । सफल पनि भए म ।

प्रतिक्रिया दिनुहोस्