सरकार र घरधनीलाई ठग्दै सिभिल होम्स



नेपाल समाचारपत्र, काठमाडौं
सिभिल होम्स प्रालीले उपत्यकाका विभिन्न ठाउँमा आवासीय भवन (हाउजिङ) निर्माण गर्दा सरकारी निकायबाट लिएका प्लानिङ पर्मिट अनुसार कहिँकतै पनि काम नगरेको भेटिएको छ ।

 

उपत्यकाका विभिन्न ठाउँमा फरक–फरक चरणमा (फेज १ देखि फेज ९ सम्म) निर्माण गरिएका र निर्माणको क्रममा रहेका हाउजिङहरु निर्माण गर्दा काठमाडौं उपत्यका नगर विकास कार्यान्वयन समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण, सहरी विकास तथा भवन निर्माण विभागलगायत सरकारी निकायस“ग गरेको प्रतिवद्धता विपरित काम गरेको देखिएको हो ।

सिभिल होम्सले प्लानिङ पर्मिट लि“दा भवन निर्माण सम्पन्न भईसकेपछि मात्र बिक्री वितरण गर्ने भनिएपनि निर्माण नहुँदै बिक्री गरी रजिस्ट्रेसन पारित गरेको छ भने ९० प्रतिशत घरधनीलाई हालसम्म पनि निर्माण सम्पन्न प्रतिवेदन उपलब्ध गराएको छैन ।

 

निर्माण सम्पन्न प्रतिवेदन घरधनीलाई नदि“दा घरजग्गा कर तथा राजश्व तिर्नबाट घरधनीहरु बन्चित भएका छन । हस्तान्तरण भईसकेका हाउजिङ भित्रका सबै संरचनाको स्वामित्व सामुहिक रुपमा घर धनीहरुको हुनुपर्ने भएपनि सिभिल होम्सले उक्त स्वामित्व हस्तान्तरण गरेको छैन ।

 

हाउजिङ निर्माण भएका ठाउँ भित्रको सडक, पार्किङ, पार्कलगायत खुला ठाउँको लालपुर्जा घरधनीलाई हस्तान्तरण गरिएको छैन । सिभिल होम्सले निर्माण गरेका हाउजिङभित्र रहेको सडक सरकारी नक्साङ्कनमा कहीकतै पनि देखिदैन ।

 

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामार्फत् सिभिल होम्स प्रालिले साविकको तिनथाना गाविस–६ मा निर्माण गरेका फेज २ अन्तर्गतको ग्रुप हाउजिङहरु बेचबिखन गर्दा काठमाडौं उपत्यका नगर विकास मूल समितिले स्वीकृत गरेको मापदण्ड, नक्सा, संरचनागत खाका र योजना विपरित भवनहरु निर्माण गरी हस्तानतरण गरिएको छ ।

 

भवन खरीदकर्तालाई उपलब्ध गराएको ब्रोसर करार सम्झौता र प्लानिङ पर्मिट दिने काठमाडौं उपत्यका नगर विकास मूल समितिले दिएको स्वीकृतीअनुसारका कुनै पनि बुँदाको उचित कार्यान्वयन गरेको देखिदैन । यसरी सिभिल गु्रपले लामो समय देखि सरकारी निकाय र आवास खरिदकर्ता दुवैको आ“खामा छारो हाल्दै आएको छ ।

प्लानिङ पर्मिटमा कम्पनीले तोकिएका सर्तहरु पूर्ण रुपमा पुरा गर्ने गरी सरकारबाट सामुहिक आवास निर्माण गर्ने अनुमति लिएको भएपनि ती शर्तहरु पुरा भएका छैनन् । मुख्य कुरा घर धनीलाई बुझाईसकेका घरहरुको स्वीकृती नक्सा र निर्माण सम्पन्न प्रतिवेदन सिभिल होम्सले अधिकांशलाई दिएको छैन । निर्माण स्वीकृती माग्दा सिभिल होम्सले थप रकम माग्ने गरेको छ ।

 

टाउको बोकाको मासु कुकुरको 
नेपाल समाचारपत्र दैनिकले असार ११ गते प्रथम पृष्ठमा ‘सिभिल होम्स डुब्ने खतरा’ शीर्षकमा समाचार प्रकाशित गरेपछि सिभिल होम्सबाट पिडीत भएकाहरु सम्पर्कमा आउन थालेका छन् ।

सिभिल होम्सको ज्याजतीमा परेका फेज २ देखि फेज ६ सम्ममा आवासीय भवन खरीद गरेका व्यक्तिहरुको टोली नेपाल समाचारपत्रको कार्यालयमै आई सिभिल होम्सले आफुहरुलाई बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने गरेको गुनासो गरेका छन् । भवन किन्दा आफुहरुलाई उक्त कम्पनीले जनाएका प्रतिवद्धता पुरा नगरेपछि उनीहरुले सिभिल होम्स विरुद्ध संघर्ष समिति नै गठन गरेका छन्।

 

सिभिल होम्सले विभिन्न ९ फेजसम्म आवासिय भवन निर्माण गर्दा काठमाडौं उपत्यका विकास प्राधिकरणलाई बुझाएको प्रतिवद्धतापत्र अनुसार कुनै पनि काम गरेको देखिदैन। सिभिल गु्रपले सिभिल होम्स, सिटी बस्ती विकास कम्पनी लिमिटेड, सिभिल बस्ती विकास कम्पनी जस्ता नाममा सहायक कम्पनीहरु खडा गरि आवासीय भवनहरु निर्माण गरिरहेको छ ।

 

उक्त कम्पनीले आवासीय भवन निर्माणका लागि सरकारी निकाय र आवास खरीदकर्ताहरुस“ग जनाएको कुनै पनि प्रतिवद्धता पुरा गरेको देखिदैन । फेज २ अन्तर्गत सिभिल होम्सले ९८ वटा घर निर्माणका लागि स्वीकृती लिएकोमा १ सय २३ वटा घर बनाएको छ । हरेक फेजमा आवास निर्माण गर्दा कम्पनीले उपत्यका विकास प्राधिकरणको स्वीकृतबेगर अतिरिक्त भवनहरु निर्माण गरेको छ ।

 

सिभिल होम्सले संयुक्त आवास (हाउजिङ) निर्माण गर्दा एउटा हरित क्षेत्र निर्माण गर्ने र हरेक घरमा २ वटा रुख रोप्ने प्रतिवद्धता उपत्यका विकास प्राधिकरणलाई बुझाएको छ । तर सो प्रतिवद्धताअनुरुप कुनै पनि हाउजिङमा हरित क्षेत्र निर्माण, वृक्षारोपण, र मठ मन्दिर निर्माण क्षेत्र छुट्याईएको छैन । कम्पनीले स्वीकृत भन्दा बढी भवन निर्माण गरी सडक र खुला मैदानको क्षेत्र घटाईएको छ ।

 

नक्सांङ्कन अनुसारको कुनै पनि भवन निर्माण भएका छैनन् । घरको आन्तरिक सजावट तथा ईन्टेरिएरका काम पनि सन्तोषजनक देखिदैन । ‘मैले १ करोड १० लाखमा किनेको घरमा ३० लाख रुपियाँ थप खर्च गरे । झ्याल, ढोकामा प्रयोग भएको काठ एक दुई वर्ष मै काम नलाग्ने भयो । शौचालय, भ¥याङ, बत्ती जडान लगायतका सबै काम आफैले गर्नुप¥यो ।’ एकजना घर खरीदकर्ताले नेपाल समाचारपत्रस“ग गुनासो पोखे ।

 

आवासिय भवनभित्रै सामुदायिक भवन, मार्ट, स्वीमिङ पुल, महिला तथा पुरुषका लागि छुट्टै जिमहल, चिल्ड्रेन्स पार्कलगायत संरचनाको प्रतिवद्धता जनाईएको भएपनि ती संरचनाहरु कहि“ कतै भेटिदैनन् । भएको संरचनाको पनि स्वामित्व हस्तान्तरण भएको छैन । फेज ३ मा स्वीमिङ हस्तान्तरण गर्न मात्र सिभिल होम्सले थप ११ करोड रुपिया“ माग गरेको बुझिएको छ ।

 

 

सिभिल होम्सले निर्माण गरेका अधिकांश बाटो र पार्कको लालपूर्जा आफैस“ग राखेको छ । अधिकांश घर धनीले आफुले किनेको घरको एज विल्ड ड्रईङ पनि पाएका छैनन् जसका कारण आफु बसेको घरको निर्माण कसरी भएको छ र खानेपानी पाईप, ढल, विद्युत् तारजस्ता संरचनाको व्यवस्थापन कहा“बाट कसरी भएको छ भन्ने कुरा नै थाहा पाउन सक्दैनन् ।

 

सिभिल होम्सको छैठौं फेजअन्तर्गत खुमलटारमा ७२ वटा भवनमा केही भवन निर्माणको अन्तिम चरणमा बाहेक अन्य सबै भवनहरु बिक्री भईसकेका छन् । त्यहा“ भवन हाउजिङ निर्माणका लागि २०७० लाख जेठ २ गते निर्माण अनुमति पाएको थियो । डेढ वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने गरी प्रतिवद्धता जनाएको भएपनि ५ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भईसकेको छैन । खुमलटारमा ५ मिटर चौडाई भनिएको बाटोमा ४ मिटर मात्रै राखिएको छ ।

 

संयुक्त आवासको स्वामित्व सम्बन्धी ऐन, २०५४ को दफा २४ अनुसार संस्थापकले आफ्नो स्वामित्वमा रहेका सबै आवास इकाईहरु बेचबिखन गरेमा वा कुनै संयुक्त आवास भवनका सम्पूर्ण आवास ईकाई धनीहरुले संयुक्त आवास भवनको संचालन आफै गर्न लिखित सहमति जनाई संस्थापक समक्ष पेश गरेमा वा संस्थापक संगठित संस्था विघटन भई तथा संस्थापक टाट पल्टी साहुको ऋण तिर्न नसक्ने भई संयुक्त आवास भवन र सामुहिक क्षेत्र, सुविधाको संरक्षण, रेखदेख, मर्मत, स्याहार, सम्भार तथा सरसफाई गर्न नसक्ने भएमा सो कार्यका लागि आवास ईकाई धनीले आफुहरु मध्येबाट आवास व्यवस्थापन समितिको गठन गर्न सक्ने प्रावधान रहेको छ ।

यसरी गठन भएको समितिले संस्थापकले गर्ने भनिएका सम्पूर्ण काम कारबाहीहरु गर्न सक्ने कानुनी व्यवस्था छ । सोही ऐन अनुसार हरेक फेजमा त्यहा“को प्रतिनिधि संस्थाको रुपमा आधिकारिक संगठन हरु खुलेका छन् । तर त्यस्ता समिति वा संगठनहरुलाई नै लक्षित गरि सिभिल गु्रपले बेला बेलामा दुःख दिने, कानुनी झन्झटमा फसाउने, प्रहरी प्रशासनमार्फत् पक्राउ गर्न लगाउने तथा सीमिति व्यक्तिलाई आर्थिक प्रलोभनमा पारेर समितिभित्रै भा“डभैलो मचाउने गरेको देखिन्छ ।

सिभिल होम्सले निर्माण गरेका आवासीय भवनमा उक्त कम्पनीका सञ्चालक ईच्छाराज तामाङको हालीमुहालीबाट पीडित हुनेमा उच्च तह तथा नाम कमाएका व्यक्तिहरु नै बढी देखिन्छन् । तर, तामाङको ‘शक्ति’ का अगाडि कसैले केही बोल्न नसकेको पीडितहरु बताउ“छन । ‘सिभिल होम्सले कानुनी रुपमा मुद्धा हारेपछि गुण्डाहरुमार्फत् हामीलाई दुःख दिन थाल्यो । १२ वर्ष भयो घर किनेको एक दिन पनि सुख स“ग बस्न पाईएन ।’ फेज २ अन्तर्गत तिनथानामा घर किनेका एक पूर्व सरकारी कर्मचारीले नेपाल समाचारपत्रसँग भने ।

प्रतिक्रिया दिनुहोस्