ट्राफिकको विकल्प



काठमाडौं मुलुकको राजधानी। राजधानी बन्न लागि आवश्यक मापदण्ड धेरै होलान्, हुनुपर्छ तर अस्तव्यस्त सडक र ट्राफिक समस्या राजधानीको बलियो परिचय बनेको छ। सवारी साधन कति हो कति, सवारी व्यवस्थापन गर्ने ट्राफिक केही सीमित मात्रै भेटिन्छन्।

साढे ५ सयभन्दा बढी सवारी एक ट्राफिक प्रहरीले व्यवस्थापन गर्नुपर्ने भएर होला ट्राफिकलाई सघाउन उपत्यकाका सडकमा साँढे, गाई र बाछा–बाछी पनि देखिन थाल्या छन्। चौपाया ट्राफिक आइल्यान्ड, सडक डिभाइडर र ट्राफिक प्रहरीझैं सडकका बीचमा र सडक किनारामा पर्याप्त भेटिन्छन्। त्यस्तो दृश्य देख्दा लाग्छ चौपाया स्वयंसेवी ट्राफिकका रूपमा खटिएका छन्।

चौपायालाई तालिम दिएर सडकमा खटाउँदा त गज्जबै हुन्थ्यो। नयाँ ट्राफिक प्रहरी नियुक्त गर्नै नपर्ने, न तलब दिनुपर्ने, न त भत्ता नै। खेतबारी जोत्ने, गाडा तान्ने, दाइँ गर्ने राँगा, गोरु प्रयोग गर्न मिल्ने, ट्राफिकको विकल्प किन नसोच्ने? हैन भने हेरौं तस्वीर आफै बोल्छ।

प्रतिक्रिया दिनुहोस्