निर्देशक निकलोसमाथि ८ महिलाद्वारा उत्पीडनको आरोप



हलिउड फिल्म निर्माता हार्वे विन्सिटनमाथि यौन उत्पीडनको आरोप लागेपश्चात् फिल्म क्षेत्रमा हुने यस्ता यौन उत्पीडनका घटनाहरू विस्तारै बाहिर आउन थालेका छन्।

यसैबीच नो फिल्टर, आफ्टर शक, नक नकजस्ता हलिउड फिल्मबाट आफ्नो पहिचान बनाएका निर्देशक निकोलस लोपेजमाथि ८ जना महिलाले यौन उत्पीडनको आरोप लाएका छन्। एक हलिउड वेबसाइटका अनुसार लोपेजले फिल्ममा काम दिने बहानामा महिलाहरूलाई आफ्नो घर तथा अफिसमा बोलाएर दुव्र्यवहार गर्ने गरेका थिए।

यति मात्र होइन उनीहरूले आफ्नो बयानमा दुव्र्यवहारपश्चात् काम नदिने धम्की पनि दिने गरेको बताएका छन्। समाचारमा जनाइएअनुसार उनीहरू सबै हलिउडका नाम चलेका अभिनेत्री हुन्। उनीहरूले आफूहरूलाई जबर्जस्ती अश्लील फिल्म देखाउने गरेकोसमेत बताएका छन्। यी सबै आरोपमाथि निकोलस लोपेजले प्रतिक्रिया दिँदै सबै आरोपहरू व्यर्थको भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्