मर्केल सरकार माथिको संकट टर्यो, आप्रवासी नितिमा सहमति



बर्लिन (एजेन्सी)
जर्मन चान्सलर एन्जेला मर्केलले देशको आप्रवासी नितिमा एक सम्झौतामा पुग्नमा सफलता प्राप्त गरेकी छिन् । मर्केलले यस मामिलामा गृहमन्त्रीसँगको राजनितिक गतिरोध समाप्त गरेकी छन् ।

सम्झौतासँगै उनको सरकारमाथि देखिएको संकट पनि समाप्त भएको छ । मन्त्री होस्र्ट सिहोफेरले सोमबार आप्रवासी, सरणाथी विवादमा घण्टौ वार्तापएिक सम्झौतामा पुग्नमा सफलता प्राप्त गरेकी छिन् । मर्केलले यस मामिलामा गृहमन्त्रीसँगको राजनितिक गतिरोध समाप्त गरेकी छन् ।

सम्झौतासँगै उनको सरकारमाथि देखिएको संकट पनि समाप्त भएको छ । मन्त्री होस्र्ट सिहोफेरले सोमबार आप्रवासी, सरणाथी विवादमा घण्टौ लामो वार्तापछि राजिनामा दिने धम्की फिर्ता लिएका छन् । यस विवादलाई लिएर मर्केलको नेतृत्वमा रहेको ४ महिना पुरानो गठबन्धन सरकार गिराउने धम्की दिइएको थियो ।

जर्मनीको दक्षिणी सिमामा आएर आश्रय माग्नेहरुबाट उत्पन्न समस्या समाधान गर्ने प्रक्रियालाई लिएर मर्केलसँग सिहोफेरको मतभेद थियो ।

सिहोफेर क्रिश्चियन सोसल युनियन (सीएसयु)का नेता हुन् । यो मर्केलको क्रिश्चियन डेमोक्राय्टको सहयोगी पार्टी हो । सिहोफेरले यसअघि आइतबार गृहमन्त्री पदबाट सीएसयूका नेताको पदबाट राजिनामा दिने चेतावनी दिएका थिए ।

मर्केलले सोमबार वार्तापछि अष्ट्रियाली सीमामा नियन्त्रण बलियो बनाउन सहमति दिएकी थिइन् । यसले युरोपेली संघका अन्य देशमा आश्रयका लागि आवेदन दिएका आप्रवासीलाई जर्मनी प्रवेशमा रोक लगाउन सक्नेछ । उनीहरुलाई रोक्न र फिर्ता नपठाउन्जेल राख्न ट्राँजिट सेन्टर स्थापित गरिनेछ ।

चान्सलरले यस सम्झौतालाई कठिन वार्तापछिको राम्रो नतिजा भएको बताएकी छिन् । जर्मनीमा भएको उक्त सहमतिलाई अष्ट्रिया सरकारले आफनो दक्षिणी सीमा क्षेत्रको रक्षाका लागि उपाय गर्ने जनाएको छ । उसले जर्मनीको निर्णयमा पनि स्पष्टिकरण मागेको छ ।

प्रतिक्रिया दिनुहोस्