उत्तर र दक्षिण कोरियाबिच ‘बास्केटबल डिप्लोमेसी’ प्रारम्भ



सोल,( एजेन्सी )
दक्षिण कोरियाका एकजना उच्च सरकारी अधिकारीको नेतृत्वमा रहेको बास्केटबल खेलाडीहरुको एक टोलि मंगलबार उत्तर कोरिया तर्फ प्रस्थान गरेको दक्षिण कोरियाली संचार माध्यमले जनाएको छ । सो टोलिमा दर्जनौँ बास्केटबल खेलाडी समावेश रहेको बताइएको छ ।

यस घटनालाई केही सञ्चार माध्यमले उत्तर र दक्षिण बीचको ‘बास्केटबल डिप्लोमेसी’ को संज्ञा दिएका छन् । ती सञ्चार माध्यमले उत्तर र दक्षिण कोरियाबीच पछिल्लो समयमा विकास भएको कूटनीतिक सम्बन्धमा यसले थप सुधार गर्ने जनाएका छन् ।

बास्केटबल उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनको सबैभन्दा मनपर्ने खेल भएको बुझिएको छ । उनको मनपर्ने खेलका दक्षिण कोरियाली खेलाडीहरुले उत्तर कोरियाको भ्रमण गर्नुलाई अर्थपूर्ण रुपमा लिइनु पनि स्वाभाविक भएके राजनीतिक विशलेषकहरुको भनाई रहेको छ ।

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनको नेतृत्वमा ५० जना बास्केटबल खेलाडीको सो टोलि हिजो उत्तर कोरियाको राजधानीका पेंगयांगका लागि प्रस्थान गरेको हो ।

उत्तर कोरियाली नेता उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत १२ जुनमा सिंगापुरमा भएको वार्तायता पहिलो पटक यी दुई देशका यति वरिष्ठ अधिकारीले भ्रमण गरेका हुन् ।

अमेरिका र उत्तर कोरियाबीचकोे शिखर वार्तापछि अमेरिका र उत्तर कोरिया तथा उत्तर र दक्षिण कोरियाबीचको कुटनिितक सम्बन्धमा सुधार आएको छ ।

उक्त ऐतिहासिक वार्तामा भएका सम्झौताको कार्यान्वयनका बारेमा हाल उत्तर कोरियाले काम गरिरहेको जानकारी गराइएको छ ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले यसअघि नै उत्तर कोरिया स्थित एउटा आणविक उत्पादन केन्द्र भत्काइसकेको तथ्य सार्वजनिक भएको बताइसकेका छन् । ट्रम्प र उनबिचको सिगापुर शिखर वार्ता अघि दक्षिण कोरियामा उन र दक्षिणका राष्ट्रपति मून जाय इनबिच ऐतिहासिक वार्ता भएके थियो ।

सो वार्ताको संयुक्त घोषणापत्रमा कोरियाली युद्ध समाप्त भएको औपचारिक घोषणा गर्ने तथा सो क्षेत्रलाई आणविक सन्त्रास मुक्त बनाउने लगायतका महत्वुपुर्ण बुँदाहरु उल्लेख गरिएको थियो ।

साथै किमले उक्त भ्रमण पुर्व चीनको गोप्य भ्रमण गरी चिनिया राष्ट्रिपति सि सिजन्पिंगसंग वार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्