अमेरिका: पोम्पिओ उत्तर कोरिया जाने



वासिङटन (एजेन्सी)
अमेरिकी विदेशमन्त्री माइक पोम्पिओ जुलाइ ५ मा उत्तर कोरिया जाने ह्वाइट हाउसले जनाएको छ । कोरियाली प्रायद्विपमा परमाणु निसस्त्रिकरणका लागि आवश्यक प्रक्रियालाई जारी राख्न पोम्पिओ जुलाइ ५ मा उत्तर कोरियाल प्रस्थान गर्ने ह्वाइट हाउसका प्रवक्ता सारा सेन्डर्सले जानकारी दिएकी थिइन् ।

भ्रमणमा उनले उत्तर कोरियाली नेता किम जोङ उन र उनका टोलीसँग भेटवार्ता गर्ने उनले बताइन् । विदेश विभागले पनि जुलाइ ५ देखि ७ सम्म पोम्पिओ उक्त कोरियाको भ्रमणमा हुने पुष्टि गरेको छ । त्यसपछि उनले १२ जुलाइ सम्ममा टोक्यो, हनोइ र अबुधाबी र ब्रसेल्सको पनि भ्रमण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्