सिटिजन्स बैंक र स्टार हस्पिटलबीच सम्झौता



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनल र स्टार हस्पिटलबीच सहकार्य भएको छ । बैंकका ग्राहक वर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले तथा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट र क्रेडिट कार्डवाहकले स्टार हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने छन् ।

सिटिजन्स बैंकले देशैभरी रहेका आफ्ना ७४ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ इकाईबाट करिब ३ लाख ३५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी यस बैंकले आफ्ना ग्राहक वर्गलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्बा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्