फिलिपिन्स: गोली प्रहार



मनिला,(एजेन्सी)
फिलिपिन्सका विवादास्पद मेयर एन्टोनियो हालिलीमाथि एउटा औपचारिक समारोहमा झन्डोलोत्तन कार्यक्रम लगत्तै गोली प्रहार भएको छ । राजधानी मनिलाको दक्षिणी क्षेत्रमा पर्ने टन्उनको टाउन हलबाहिर राष्ट्रिय गान गाइसक्ने बित्तिकै एन्टोनियो हालिलीको छातीमा गोली प्रहार भएको बिबिसीले जनाएको छ ।

सो गोलीकाण्डपछि समारोहमा उपस्थित सबै चिच्याएर भाग्दै गरेको फुटेज सार्वजनिक भएको छ । लागू औषध कारोबारमा संलग्न व्यक्तिहरु प्रति उनको व्यवहार निकै रुखो रहेको थियो । यद्यपि लागू औषध तस्करलाई संरक्षण गरिरहेको भन्ने आरोप पनि उनले खेपिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्