मलेसिया: पुर्व प्रम पक्राउ



क्वालालम्पुर,(एजेन्सी)
मलेसियाका पुर्व प्रधानमन्त्री नाजिव राजाकलाई मंगलवार राष्ट्रिय भ्रष्टाचार नियनत्रण निकायले गिरफतार गरेको छ । उनी विरुद्ध बुधवार राजधानी क्वालालम्पुर स्थित उच्च अदालतमा मुद्धा दायर गरिने स्थानिय संचार माध्यमले जनाएको छ ।

उनी विरुद्ध सरकारी विकास कोष १ एमडिबिबाट सत्तरी करोड अमेरिकी डलर हिनामिना गरेको अरोप लाग्दै आएको थियो सो कोष उनी स्वयमले खडा गरेका थिए । सो कोषको अर्वौं डलर दुरुपयोग भएको आशंका गरिएको छ । हालै मात्र उनको २७ करोड ३० लाख पर्ने विलासिताका वस्तु जफत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्