विद्यार्थी संगठनको शैक्षिक हड्ताल फिर्ता



नेपाल समाचारपत्र, काठमाडौं
विप्लब निकट अखिल क्रान्तिकारी सहित आठ विद्यार्थी संगठनले आब्हान गरेको तीन दिने आम शैक्षिक हड्ताल फिर्ता भएको छ । विभिन्न माग राख्दै ती विद्यार्थी संगठनले भोली २० देखि २२ गते सम्म आम हड्ताल आब्हान गरेका थिए । शिक्षा मन्त्रालयमा सोमबार राती अबेर सम्म भएको वार्तामा सरकारले माग पुरा गर्ने सहमति जनाएपछि आम हड्ताल फिर्ता भएको हो ।

निजी विद्यालयको संगठन प्याब्सन र एन प्याब्सनले बन्दको अवज्ञा गर्ने र सडकर्म पठन पाठन गराउने चतावनी दिएपछि सरकारले आन्दोलनरत विद्यार्थी संगठनहरुसंग वार्ता गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयका काठमाडौले पहिलोपटक विज्ञप्ति जारी गर्दै बन्दमा विद्यालय संचालन गर्न आग्रह गरेको थियो । लगत्तै भएको बैठकमा निजी विद्यालय सञ्चालकहरुले बढाएको शुल्क एक महिना भित्र फिर्ता गर्ने लिखित सहमती गरेका छन् । सहमति संगै विद्यार्थी संगठनले तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाएको थियो ।

आन्दोलनरत नौ विद्यार्थी सँगठनका प्रतिनिधि र शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम र विभागका महानिर्देशक बाबुराम पौडेल सहितको उपस्थितिमा भएको वार्तामा प्याब्सनका कार्यवाहक अध्यक्ष डिके ढुंगाना र एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले हस्ताक्षर गर्नुभएको थियो ।

विद्यालय सञ्चालकहरुले संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ लाई कार्यान्वयन गर्दै अनियमित र औचित्य पुष्टि नहुने गरी बढाईएको शुल्क एक महिना भित्र फिर्ता समायोजन गर्ने लिखित सहमती गरेका थिए । पटक पटक भएको सम्झौता कार्यान्वयन नभएको भन्दै विद्यार्थी सगठनहले यो वर्ष चौथो पटक बन्द आब्हान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्