पेले सम्झाउने एमबाप्पे



पेरिस, (एजेन्सी)
केलियन एमबाप्पे, जसले १९ बर्षको उमेरमा फ्रान्सलाई विश्वकपको क्वाटरफाइनल पु¥याउन अर्जेन्टिनाविरुद्ध दुई गोल गरे ।

जारी विश्वकपको अन्तिम १६ मा अर्जे्न्टिनालाई ४–३ ले हराएको खेलमा उनले फ्रान्सकातर्फबाट दुई गोल गर्दै सनसनी मच्चाएका थिए । योसँगै उनले विश्वकप फुटबलमा ठूलो फड्को मारेका छन् । १९ वर्षको उमेरमा विश्वकपमा २ गोल गर्दै उनले सर्वकालीन महान् खेलाडी पेलेको सम्झना दिलाएका छन।

टिनएजमा विश्वकपको एउटै खेलमा २ गोल गर्ने पेले पछिका उनी दोस्रो कान्छो खेलाडी हुन । उनको त्यो प्रदर्शनले सन १९५८ को स्वीडेनमा भएको विश्वकपको फाइनलमा १७ वर्ष २ सय ४९ दिनका पेलेले आयोजक टोली विरुद्ध २ गोल गर्दै कीर्तिमान बनाएका थिए।

बाप्पेले यही बर्ष अघि मात्रै हाईस्कुल लेभलको पढाई सकेका थिए । उनले साइन्स एण्ड टेक्नोलोजी म्यानेजमेन्टमा हाइस्कुल उत्रिर्ण गरेका हुन् । उनले फुटबल विकास समेत पढेका छन् । कलिलो उमेरमै उनले दुई बर्षको अन्तरालमा फ्रेन्च घरेलु फुटबल प्रतियोगिता ‘लिग वान’ का दुई उपाधि जितेका छन् ।

गत सिजनमा मोनाकोबाट १ सय ८० मिलियन यूरोमा पेरिस सेन्ट जर्मेन आएका उनी यो सिजनमा स्थायी रुपमा अनुबन्ध हुनेछन् । बाप्पेल सुरुवाती बर्षमा पेरिसको उत्तरपूर्वको एस बोन्डीमा आफुलाई विकसित गरेका थिए । एम्बाप्पेले एस बोन्डीबाट फुटबल यात्रा सुरु गरेको हुन।

एएस बोन्डी आइले–डी–फ्रान्स लिग खेल्ने क्लब हो । उक्त क्लबले युवा खेलाडी उत्पादन गर्दै आएको छ । तीन महिना अघिसम्म पनि एमबाप्पेका बुवा विल्फ्रेड क्लबका खेल निर्देशक थिए । उनले अन्डर १० देखि अन्डर १७ सम्मको उमेर समुहलाई हेर्ने गर्थे । उनले एएस बोन्डीमा २५ बर्षसम्म काम गरेका थिए । केलियनकी आमाको सोही क्लबमा ठूलो प्रभाव छ । उनी एक उत्कृष्ट व्यवसायिक ह्यान्डबल खेलाडी थिइन् ।

बोन्डीमा उनी सबैभन्दा उत्कृष्ट थिए । उनी १४ बर्षको उमेरमा मोनाकोमा अनुबन्धित भएका थिए। उनले रियल मेड्रिड, चेल्सी, म्यानचेस्टर सिटी, लिभरपुल र बार्यन म्युनिखका प्रस्ताव अस्विकार गर्दै मोनाकोमा अनुबन्धित भएका थिए। उनलाई मोनाकोमा पहिलो बर्ष निकै गाह्रो भएको थिए । मोनाकोका प्रशिक्षकले उनलाई मन पराउँदैन थिए । अहिले केलियन पिएसजी र राष्ट्रिय टिममा छन्, र पशिक्षक गलत थिए भन्ने प्रमाणित पनि गरेका छन् ।

उनले २ डिसेम्बर २०१५ मा वैकल्पिक खेलाडीकोरुपमा लिग वानमा डेब्यू गरे । उनले डेब्यू मात्रै गरेनन्, क्लबका महान खेलाडी थिएरी हेनरीले क्लबबाट सबैभन्दा सानो उमेरमा खेल्ने खेलाडीकारुपमा बनाएको रकेर्ड समेत तोडे । लिग वानमा डेब्यू गर्दा उनको उमेर १६ बर्ष ३ सय ४७ दिन मात्र थियो ।

एम्बाप्पे २०१६ मा जर्मनीमा भएको अन्डर १९ यूरो कपका स्टार मध्ये एक थिए । उनले सेमिफाइनलका २ सहित पाँच गोल गरेका थिए । मोनाकोले लिग वानको उपाधि जित्दा मैदानमा उनीमात्रै यस्ता खेलाडी थिए, जोसँग आफ्नो मोबाइल फोन थिएन।

प्रतिक्रिया दिनुहोस्