पेनाल्टी सुटआउटबाट जित निकाल्दै इंग्ल्याण्ड क्वार्टरफाइनलमा



काठमाडौं ।
रसियामा जारी विश्वकप प्रतियोगितामा नकआउट चरण पार गर्दै इंग्ल्याण्ड क्वार्टरफाइनल पुगेको छ । पेनाल्टी सुटआउट मार्फत प्रतिद्वन्दी कोलम्बियालाई ४–३ ले हराउँदै इंग्ल्याण्ड क्वार्टरफाइनल पुगको हो ।

पहिलो हाफसम्म गोलरहित बराबरीमा टुंगेको खेलका ५७ औँ मिनेटमा इंग्ल्याण्डले पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । डिबक्सभित्र इंग्ल्याण्डका कप्तान समेत रहेका ह्यारी केनलाई लडाएपछि पाएको पेनाल्टीको अबसरलाई खेर नफाली कप्तान केनले गोलमा परिणत गरे ।
त्यस्तै कर्नरबाट आएको पासलाई हेडमार्फत कोलम्बियाका यारी मिनाले खेलको ९३ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यस्पछि थपिएको ३० मिनेट भित्र पनि गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउट मार्फत हार जित छुट्याईएको हो ।

प्रतिक्रिया दिनुहोस्