बुद्धले थप्यो ११ औं जहाज



काठमडौं (नेस)
निजी हवाइ सेवाप्रदायक कम्पनी बुद्ध एयरले अर्को विमान थपेको छ । मंगलबार फ्रान्को इटालियन कम्पनी एटिआरद्वारा निर्मित कलसाइन नाइनएन एएमयु रहेको एटिआर ७२–५०० जहाज ल्याएको हो ।

विमानले साउनको तेस्रो सातादेखि व्यवसायिक उडान भर्ने कम्पनीले जानकारी दिएको छ । यस अगाडि नै व्यवसायिक उडान भरिसकेको विमान कम्पनीले खरिद गरेको हो ।

थपिएको एटिआर ७२–५०० जहाजसँगै बुद्ध एयरको जहाज संख्या ११ पुगेको छ ।  विमान फ्रान्सको टुलुज फ्रान्कजल विमानस्थलबाट इटाली, इजिप्ट, ओमान हुँदैज्ञ जहाज काठमाण्डौं आइपुगेको हो ।

अहिले थपिएको जहाजसँगै ६ वटा एटिआर ७२–५००, ३ वटा एटिआर ४२–३२० र दुई वटा बीचक्राफ्ट १९०० ‘डी’ छन् । कम इन्धन खपत गर्ने एटिआर जहाज वातावरणमैत्री मानिन्छ । आफ्ना अन्य एटिआर जहाजमा जस्तै यो जहाजमा पनि फराकिला र आरामदायी सिट रहेको कम्पनीले जनाएको छ ।

यो जहाजको व्यवसायीक उडान सुरु भएपछि अन्य जहाजहरूको नियमित चेकजाँच तथा मर्मतसम्भार अझ सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्