गुन्डागर्दीमा संलग्न तपन डन पक्राउ



काठमाडौं (नेस)
गुन्डागर्दीमा संलग्न तपन भनिने विमल लुङ्गेली मगर पक्राउ परेका छन् । दरबारमार्ग र ठमेल क्षेत्रलाई आधार बनाएर गुन्डा गर्दी गर्दै हिँड्ने मगरलाई महानगरिय प्रहरी परिसर काठमाडौंले मंगलबार पक्राउ गरेको हो । उनलाई प्रहरी वृत्त, दरबारमार्गले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
रामेछाप घर भइ हाल नयाँ बजार बस्दै आएका मगरले दरबारमार्ग र ठमेल क्षेत्रका व्यवसायीलाई डर, त्रास देखाएर असुली गर्दै आएको आरोप उनी माथि छ । उनलाई सार्वजनिक अपराध मुद्दा अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्