नेकपा केन्द्रीय सचिवालयको बैठक बुधबार विहान



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक बुधबार विहान बस्ने भएको छ। सत्तारुढ दल नेकपाको केन्द्रीय सचिवालयले बोलाएको यो बैठक तेस्रो हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको केन्द्रीय सचिवालय ९ सदस्यीय छ, जसले भैपरिआउने विषयमा निर्णय गर्ने जिम्मेवारी पाएको छ।

केन्द्रीय सचिवालयमा २ जना अध्यक्ष, प्रबक्ता र महासचिवका अलावा थप ५ जना सदस्य छन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड), प्रबक्ता नारायणकाजी श्रेष्ठ र महासचिव बिष्णु पौडेल केन्द्रीय सचिवालयमा छन्।

यसैगरी माधव नेपाल, झलनाथ खनाल, बामदेब गौतम, रामबहादुर थापा र ईश्वर पोखरेलपनि केन्द्रीय सचिवालयमा छन्।

प्रतिक्रिया दिनुहोस्