डोटीमा करेन्ट लागेर ४ को मृत्यु, एक घाईते



विमल विष्ट, डोटी ।
डोटीको आदर्श गाउपालिकाका–१ चासीमा करेन्ट लागेर ४ जनाको ज्यान गएको छ । उक्त गाउँमा बिद्युत ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेको बताईएको छ ।

ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरिक्षक दिलबहादुर कुँवरले दिनु भएको जानकारी अनुसार करेन्ट लागेर ज्यान गुमाउनेमा सोही गाउपालिका–१ बस्ने बर्ष ३० को जयबहादुर खड्का, वर्ष अन्दाजी २२÷२३ हरी खड्का, वर्ष ३५ को दिपु खड्का र वर्ष १९ को विरेन्द्र खड्का रहेका छन् ।

घाईते हुनेमा बम बहादुर खड्का रहेका छन् । घटनास्थल तर्फ दिपायल बाट प्रहरी टोली खटिई गएको र बिस्तृत खबर प्रहरी टोली पुगेपछि मात्रै थाहा हुने प्रहरी नायब निरिक्षक दिलबहादुर कुँवरले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्