दूधमा युरिया नभएको पुष्टि



काठमाडौँ

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले दूधमा युरिया नभेट्टिएको पुष्टि गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रमममा उहाँले केही साताअघि केही सञ्चार माध्यमले दूधको परीक्षण प्रतिवेदन नआउँदै दूधमा युरिया भेट्टाएको समाचार सम्पे्रषण गरेर उपभोक्तालाई भ्रम सिर्जना गरेको बताउनुभयो ।

मन्त्री खनालले अनुगमन गरिएका शत्प्रतिशत अर्थात् ४२ दूध सङ्कलन केन्द्र (डेरी) मा खाने सोडा र ३९ मा कोलिफर्म नामक कीटाणु भेट्टिएको जानकारी दिनुभयो ।

व्यापारीले दूधमा खानेसोडा दूध नफाटोस् भनी प्रयोग गर्छन् भने कोलिफर्म दूधमा पाइने एक प्रकारको जीवाणु हो । सो जीवाणु मिसिएको दूध राम्रोसँग तताएर नखाए मानिसलाई पखाला लाग्छ । कोलिफर्म नामको जीवाणु मानिसको दिसामा पाइन्छ ।

मन्त्री खनालले तीन वटा दूध संकलन केन्द्रमा मिति नाघेका र मिति नभएका धुलो दूध बिक्री–वितरण भएको समेत जानकारी दिनुभयो ।

उहाँले तीन महिनापछि निरीक्षण गरिएका उक्त दूध संकलन केन्द्रमा पुनः सोडा र कोलिफर्म भेट्टिए मुद्दा चलाउनाका साथै दर्ता खारेज र बिक्री वितरणसमेत गर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्