निरन्तर घट्दै शेयर बजार: दुई वर्षयताकै न्युन बिन्दुमा पुग्ने संकेत



नेपाल समाचारपत्र, काठमाडौं
गत चैतमा दुई वर्षयताकै न्युन बिन्दू अर्थात् १ हजार १ सय ६८ को बिन्दूसम्म झरेको शेयर बजार फेरि सोही सेरोफेरोमा पुगेको छ । आइतबार १४ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सोमबार ४ दशमलव ८२ अंकले घटेर १ हजार १ सय ७९ दशमलव ७१ अंकमा कायम भएको छ ।

सोमबार दिनभरिमा १ सय ५९ वटा कम्पनीको ६ लाख ७२ हजार १ सय ३ कित्ता शेयर ३ हजार २ सय १८ पटक खरिद बिक्री हु“दा २० करोड ४५ लाख ७२ हजार ६ सय ६२ रुपिया“ बराबरको कारोबार भएको छ । दिनभरीको कारोबारमा होटल समूह २ दशमलव २३ अंकले र विकास बैंक ३ दशमलव ७५ अंकले बढ्नुबाहेक अन्य कुनै पनि समूहको उपसुचक उकालो लाग्न सकेन ।

सोमबार सबैभन्दा धेरै बीमा समूहको उपसूचक २१ दशमलव ४४ अंकले घटेको छ । बैंकिङ समूहको उपसूचक ५ दशमलव ३४ अंक, जलविद्युत् समूहको उपसूचक १३ दशमलव ५९ अंक, वित्त समूहको उपसूचक ३ दशमलव शून्य ४ अंक, उत्पादनमूलकको उपसूचक शून्य दशमलव १३ अंक, अन्य समूहको उपसूचक १ दशमलव २१ अंक र लघुवित्त समूहको उपसूचक ५ दशलमव २४ अंकले घटेका छन् ।
सोमबार सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको १ करोड ७५ लाख रुपिया“ बराबरको शेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै कमाउनेमा उन्नति माइक्रोफाइनान्स कम्पनीका शेयरधनीले प्रतिकित्ता ६ दशमलव शून्य १ प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा रैराङ हाइड्रो कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ७ दशमलव ३० प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्