एनआईसी एसिया बैंकको २० शाखामा कारोबार समय थप



नेपाल समाचारपत्र, काठमाडौं
एनआईसी एसिया बैंकले असार १९ गतेबाट प्रमुख शहरका २० शाखाबाट बैंकिङ सेवाको समयावधिमा वृद्वि गरेको छ । आइतबारदेखि बिहीबारसम्म विहान ९ बजेदेखि सा“झ ७ बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि सा“झ ५ बजेसम्म बैंकिङ कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

त्रिपुरेश्वर, महाराजगन्ज, सामाखुसी, नया“बानेश्वर, पुल्चोक, थापाथली कर्पोरेट कार्यालय, ठमेल, न्युरोड विशालबजार, न्युरोड खिचापोखरी, कमलादी, नारायणगढ, वीरगन्ज, महेन्द्रपुल पोखरा, धरान, विराटनगर, इटहरी, बुटवल, दमक, बिर्तामोड, नेपालगन्ज शाखा रहेका छन् ।
बैंकको देशभर २२४ शाखा कार्यालय, २१८ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवम् ११ वटा शाखारहित बैंकिङ इकाई रहेको छ । बैंकको वासलातको आकार १७५ अर्बभन्दा बढी पुगेको छ । जसमा निक्षेप करिब १५० अर्ब तथा कर्जा करिब ११९ अर्ब रहेको छ । बैंकको ग्राहक संख्या ११ लाख ७५ हजार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्