नगरपालिकालाई प्रदुषण मुक्त ग्रीन सिटी बनाउने संकल्प



नेपाल समाचारपत्र, लमजुङ ।

लमजुङको मध्यनेपाल नगरपालिकाले आफ्नो नगर क्षेत्रलाई प्रदुषण रहित ग्रीन तथ क्लिन सिटी निर्माण गर्ने भएके छ । त्यसका लागि नगरपालिकालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरी नगरपालिका भित्रै हातेझोला निर्माण गरी बिक्री वितरणको प्रवन्ध गर्ने बताएको छ ।

मध्यनेपाल नगरपालिकाले आफ्नो तेस्रो नगरसभामा आउँदो आवका लागि तय गरेको नीति तथा कार्यक्रममा प्राथमिकताका आधारमा उक्त कार्यक्रम गर्ने भएको हो । यही असार २१ गते आयोजना गरिएको नगरसभाले सो सहित नगर समृद्धि कर्यक्रम ल्याउने भएको नगरपालिकाका मेयर समेश पाण्डेले बताउनु भएकोछ ।

नगरसभामा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण र विपत व्यवस्थापन र संस्थागत विकास र सेवा प्रवाहका कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिएको मेयर पाण्डे बताउनु हुन्छ । उहाँका अनुसार आर्थिक विकास कार्यक्रम अन्र्तगत एक वडा एक कृषि उत्पादन कार्यक्रम, नगर प्रमुख कृषि आधुनिकीकरण कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

पूर्वाधार विकासतर्फ समीभञ्ज्याङ, करापु र नेटामा प्याराग्लाईडिङको सम्भाव्यता अध्ययन गरिने, सिटी हल, खेलमैदान, मनोरञ्जन पार्क निर्माण गरिने, शारीरिक व्यायामशाला निर्माण गरिने, नगरप्रमुख युवा स्वरोजगार कोष खडा गरिने, नगर उज्यालो कार्यक्रम अन्र्तगत रामबजार, भोर्लेटार, रम्घा र सोतीपसलमा सोलार वत्ती जडान लगायतका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटिएके नगरप्रमुख पाण्डेले जानकारी दिन’ भएको छ ।

उहाँका अनुसार वन, वातावरण र विपत व्यवस्थापन अन्र्तगत स्वच्छ वातावरण स्वस्थ जीवन, हरियो वन मध्यनेपालको धन, एक वडा एक उद्यान, क्लिन मध्यनेपाल ग्रीन मध्यनेपाल, कौसी खेती र करेसाबारी कार्यक्रम सञ्चालन गरिने छ ।

यसैगरी, भू–उपयोग योजना लागू गरिने, नगरका मुख्य मुख्य स्थानमा सि.सि. क्यामेरा जडान गरिने, आवश्यक स्थानमा ट्राफिक चिन्ह राखिने, संस्थागत विकास र सेवा प्रवाह अन्र्तगत राजश्व, कर संकलन र व्यवस्थापन कार्यलाई कडाईका साथ लागू गरिने, कम्प्युटर प्रविधि तथा इन्टरनेट प्रविधिमा आधारित सेवालाई प्रभावकारी बनाउने, कर्मचारीको क्षमता बृद्धिको लागि प्रयास गर्ने तथा स्थानीय सामुदायिक एफ.एम.सञ्चालनमा आवश्यक पहल गर्ने जस्ता योजना रहेको नगर प्रमुख पाण्डे सुनाउनु हुन्छ ।

वडानं– १० स्थित नेटामा वि.पी. कोइराला स्मृति पार्कको निर्माण, डढुवा र करापुमा होमस्टे सञ्चालन, जीता, टक्सार र नेटालाई कृषि पर्यटनको रूपमा विकास गरी अर्गानिक खेतीको उत्पादन र व्यवसायिकीकरण गर्न सुरुवात गर्ने नगरपलिकाको योजना गहेको छ । त्यस्तै, सामाजिक विकास कार्यक्रम अन्र्तगत समृद्ध मध्यनेपाल सुखी मध्यनेपालबासी नारालाई व्यवहारमा लागू गर्ने योजना रहेको समेत प्रमुख पाण्डे बताउनु हुन्छ ।

उहाँका अनुसार मध्यनेपाल नगरपालिकालाई जिल्लाकै शैक्षिक हवको रुपमा विकास गर्ने, गरिबी न्यूनीकरणको लागि आय आर्जन र स्वरोजगारका अवसर प्रदान गर्ने, हाटबजार तथा कृषि उपज बिक्री वितरण स्थल निर्माण, सामुहिक र सहकारी खेतीलाई गर्न कृषि उपजको उत्पादन, भण्डारणर बिक्री वितरण गर्न सहकारी र कृषि समूहलाई सक्रिय बनाउने, उद्योग स्थापना सञ्चालन र नवीकरण प्रक्रियालाई सरलीकरण, सहजीकरण र प्रभावकारी बनाइने लगायतका कार्यक्रम समेत समावेश गरिएको छ ।

नगरबासीको सुरक्षित बसोबास सुनिश्चित गर्न खरको घर मुक्त नगर पहल गरिने, जेष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण गरिने, नगरप्रमुख फुटबल तथा भलिबल प्रतियोगिता सञ्चालन गरिने, धार्मिक विकास कोष स्थापना गरिने, साहित्य सम्मेलन गर्ने सहितका योजना आफ्नो नीति तथा कार्यक्रममा समेटेको नगरप्रमुख पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्