पोखरा विमानस्थल अवरुद्ध



पोखरा । सोमबार बिहानैदेखि परेको अविरल वर्षाका  कारण पोखरा विमानस्थल अवरुद्ध भएको छ । सोमबार कुनै पनि उडान हुन नसक्दा यात्रु समस्यामा परेका छन् ।

पोखरा विमानस्थलबाट काठमाडौँ, जोमसोम, भैरहवा र भरतपुरका लागि कुनै पनि उडान हुन नसकेको विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले बताएका छन् ।

आइतबार पनि पोखराबाट काठमाडौंका लागि छवटा मात्र उडान भएको थियो । दैनिक पोखराबाट जोमसोमका लागि सातदेखि आठवटा, काठमाडौँका लागि २२ वटा र भरतपुर र भैरहवाका लागि एक/एकवटा उडान हुने गरेको छ । उडान अवरुद्ध हुँदा पोखरामा दैनिक आठ सयदेखि एक हजारसम्म यात्रु समस्यामा पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्