तटीय क्षेत्र आसपासका समुदायलाई उच्च सतर्कता अपनाउदै सुरक्षित अवस्थामा जान आग्रह



नेपाल समाचारपत्र, बर्दिया ।
बबई गाउपालिकाका बासिन्दालाई मध्यनजरमा राख्दै कुनै पनि क्षति अजस्थामा बाढीको बहाब बढ्ने संकेतका कारण जिल्ला प्रशासन कार्यालय एवम् जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षले सतर्कता अवस्थामा रहन बबई तटीय क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ ।

हिजो बाट लगातार अविरल वर्षाका कारण बबई नदिको बहाब दिउसो २.३० बजे सम्ममा सर्तकता तह (५.८० मिटर ) पार गरिसकेको हुदा बबई नदिको तल्लो तटीय क्षेत्र आसपासका समुदायलाइ उच्च सतर्कता अपनाउदै सुरक्षित अवस्थामा जान आग्रह गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्