टेम्पो सहित माईक्रोबसमा लागुऔषध



काठमाडौं, त्रियुगा नगरपालिका–१० बस्ने १७ वर्षीय समिर मगर र सोही नगरपालिका–११ बस्ने १७ वर्षीय मानिष कार्कीलाई लागूऔषध डाईजेपाम २३ एम्पुल, फेनारगन २३ एम्पुल र लुपिजेसिक २३ एम्पुल सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका–६ स्थित प्रहरी चौकी लालपत्ताको कार्यालय अगाडी लहानबाट गाईघाटतर्फ आँउदै गरेको ना।१ ज ६८४९ नम्बरको माईक्रोबसलाई जाँच गर्दा उनीहरुको साथबाट उक्त लागूऔषध बरामद भएको हो ।

सुनसरी स् इटहरी उपमहानगरपालिका–२० स्थित कोशी मार्ग स्थित को।१ ह ८५६५ नम्बरको टेम्पोबाट प्रहरीले अवैध लागूऔषध गाँजा ४ के।जी बरामद गरेको छ ।

उक्त टेम्पोलाई आइतबार जाँच गर्न खोज्दा टेम्पो चालक र टेम्पोमा सवार अर्का व्यक्ति भागी फरार भएपछि प्रहरीले टेम्पो भित्र तलासी लिदाँ चालक बस्ने सिट मुनिबाट ८ वटा पोकामा रहेको उक्त गाँजा बरामद भएको थियो ।

प्रहरीले उक्त टेम्पोमा सवार शंकास्पद झापा सुरुङ्गा– ५ बस्ने ३३ वर्षीय बिष्णु राईलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्