छाडा गाइबस्तुको ब्यबस्थापन गर्दै उन्नत गाईको खोजीमा जुट्यो पशु निर्देशनालय



हरकसिंह धामी, कञ्चनपुर,

लामो समय देखि कञ्चनपुर जिल्लाका अधिकांस नगरपालिकाहरुमा ठूलो समस्याको रुपमा रहेको छाडा चौपायाहरुको नया ढंगबाट व्यवस्थापन हुने भएको छ । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका र शुक्लाफाटा नगरपालिकामा रहेका छाडा गाइबस्तुमध्ये बाट छनौट गरेर पहाडी जिल्लाहरुमा पठाइएको छ ।

क्षेत्रिय पशु सेवा निर्देशनालय दिपायलको सहयोगमा पहिलो लटमा भीमदत्त नगरपालिकाबाट ८० वटा र शुक्लाफाटा नगरपालिकाबाट २५ गरी १०५ गाइ गोरु बजुरा जिल्लाको बडिमालिका नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

क्षेत्रिय पशु निर्देशनालय दिपायलका क्षेत्रिय निर्देशक डा. मदन सिह धामीले छाडा रुपमा रहेका गाईगोरुहरुलाई छनौट गरेर पहडी जिल्लामा पठाउने काम गरीएको बताउनुभएको छ ।

यसले एकातिर पहाडी जिल्लाको माग पुरा हुने र अर्कातिर तराइमा रहेको छाडा गाइबस्तुको समस्या समाधान गरेको बताउनुभएको छ । बाजुराबाट आएका कृषकहरुले आफुहरुले गाइ किन्नु नपर्ने र उन्नत गाई समेत छोडिएका कारण उन्नत गााई छनौट गरेर लाने र दुध उत्पादन गर्ने उदेश्यले गााई लिन लागेको बताउनुभएको छ ।

कञ्चनपुरका स्तानियहरुले गाई ब्यबस्थापनले कञ्चनपुर जिल्लामा समस्याको रुपमा रहेको छाडा चौपायाको समस्या समाधान हुने आशा गरेका छन् ।

भीमदत्त नगरपालिका वार्ड नं.१८ का वार्ड अध्यक्ष तथा नगरपालिकका प्रबक्ता राजेन्द्र पाण्डेयले खोर निर्माण गरेर घास खुवाउदै छाडा गाइबस्तुमा ठुलो लगानी गर्नुभन्दा बस्तुभावको आवश्यक्ता रहेको पहाडी जिल्लाहरुमा पठाएर यसको सहज व्यवस्थापन हुन लागेको बताउनुभएको छ ।

खेतबारी नोक्सान गर्ने र फोहर गर्ने लगायतका बिभिन्न समस्याका रुपमा कञ्चनपुर जिल्लाको भीमदत्त ,बेदकोट, शुक्लाफाटा लगायतका नगरपालिकाहरुमा छाडा चौपाया ठूलो समस्याको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्