रसियासँगको हारसँगै स्पेनका इनिस्टाले लिए फुटबलबाट सन्यास



मस्को। स्पेनिस मिडफिल्डर आन्द्रे इनिस्टाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । आयोजक रसियासँग टाइब्रेकरमा हार्दै स्पेन विश्वकपको प्रि क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । त्यसपछि स्पेनी स्टार इनिस्टाले सन्यास लिएका हुन् ।

२०१० मा स्पेनले विश्वकप जित्दा निर्णायक गोल गरेका ३४ वर्षीय इजिस्टा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । टाइब्रेकरमा पहिलो पेनाल्टी हानेका उनले गोल गरेका थिए । तर, कोके र आसपासको पेनाल्टी रसियन गोलरक्षकले रोक्दै स्पेनलाई घर फर्कन बाध्य बनाइदिए ।

खेलपछि उनले आजको खेल नै राष्ट्रिय टिमबाट आँफुको अन्तिम खेल घोषणा गरे ।

इनिस्टाले २००६ मा राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले २००८ र २०१२ मा युरोकप जिदाउन पनि महत्वपूर्ण भूमिका खेले । संयोगबस उनको अन्तिम खेल भने सुखद रहन सकेन ।

खेलको समिक्षा गर्दै उनले रसियासँगको खेल आँफ्नो जीवनको दुःखद समय रहेको प्रतिकृया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्