निगम ६०औं वर्षमा प्रवेश



नेपाल समाचारपत्र, काठमाडौं
सरकारले नेपाल वायुसेवा निगमको पु“जी वृद्धिको लागि ५ अर्ब दिने भएको छ । यसस“गै निगमको पु“जी वृद्धि ७ अर्ब पुग्ने छ । निगमको ६०औं वर्षमा प्रवेश अवसरका आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सो जानकारी दिनुभएको हो ।

निगमले पु“जी वृद्धिको लागि २० अर्ब रुपिया“ माग गर्दै आएको थियो । त्यस क्रममा मन्त्री अधिकारीले विमान थप गर्न सरकार सकरात्मक रहेको समेत बताउनुभयो । उहा“ले विमान खरिदको लागि सरकार जमानी बस्नको लागि पनि तयार रहेको प्रष्ट पार्नुभयो । पुरानो वायुसेवा कम्पनी भएर मात्र ह“ुदैन नया“ कम्पनीले पनि बजार अनुसार प्रतिस्पर्धी बन्न सकेन भने उछिन्न सक्छ त्यसैले अब निगमको सही समय आएको छ ।

अर्थ मन्त्रालयले ५ अर्ब दिने तयारी रहेको र नया“ विमान खरिदका लागि सरकार जमानत बसेको अवस्थामा पनि निगमले आफ्नो गुणस्तरलाई सुधार गरेर अगाडि बढाउन नसके कहिल्यै पनि उठ्नै नसक्ने गरी ढल्ने मन्त्री अधिकारीको भनाइ थियो ।

मन्त्रालयका सहसचिव सुरेश आचार्यले निगमको अन्तर्राष्ट्रिय बजार विस्तार २० प्रतिशतले र आन्तरिक बजार विस्तार २५ प्रतिशतले वृद्धि गर्नुपर्ने समय आएको बताउनु भयो ।

वाइडवडी विमान खरिद गर्नको लागि निगमले निगमले लिएको २४ अर्ब रुपिया“ ऋण १० प्रतिशतले भुक्तानी गर्दा वार्षिक २ अर्ब ४० लाख रुपिया“ भुुक्तान गर्नुपर्छ र सो रकमको मासिक २० करोड रुपिया“ ब्याज तिर्नको लागि निगमले धेरै आय आर्जन गर्नुपर्ने आचार्यले बताउनुभयो ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगम अरु अन्तर्राष्ट्रिय विमान कम्पनीस“ग प्रतिस्पर्धा गरी रहेको उल्लेख गर्दै निगमका ८ वटा गन्तव्यमा प्रतिस्पर्धी कम्पनीस“ग निगमको अकुपेन्सी करिब बराबर रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्