रोड्रीगुएजले खेल्न सक्ने



मस्को, (एजेन्सी)
कोलम्बियाका मिडफिल्डर जेम्स रोड्रीगुएजले मंगलबार अन्तिम १६ अन्तर्गत इंग्ल्यान्डसँग खेल्न सक्ने टोलीले जनाएको छ ।

२०१४ विश्वकपका गोल्डेन बुट विजेताले शुक्रबार अभ्यासमा भाग नलिएपछि खेल्नेमा सन्देह भएको थियो । तर कोलम्बिया एफएले जनायो-जेम्स रोड्रीगुएजको दायाँ खुट्टाको स्कान गर्दा केही सुन्निएको मात्रै देखाएको छ । उनको मांशपेशी च्यातिएको छैन ।

यसअघि प्रशिक्षक जोसे पेकरम्यानले गम्भीर चिन्ताको विषय र हाम्रा लागि असहज भनेर प्रतिक्रिया दिएका थिए । बायर्न म्युनिखका फरवार्डले पोल्यान्डमाथि ३–० ले जित्दा कोलम्बियाको लागि सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सेनेगलमाथि १–० ले जित्दा उनी आधा घण्टा मात्रै मैदानमा डटेका थिए । यसअघिको पहिलो खेलमा भने जापानसँग कोलम्बिया २–१ ले हारेको थियो । जुन हारले झण्डै प्रतियोगिताबाट बाहिरिन सक्ने संकेत देखाएको थियो ।

प्रतिक्रिया दिनुहोस्