खेल हेर्न ९ लाख दिइयो



मस्को, (एजेन्सी)
विश्वकपको रोमाञ्चक बढाउन फिफाले प्रसिद्ध स्टार खेलाडीलाई खेल हेर्न निमन्त्रणा गरेको छ । निमन्त्रण भएका खेलाडीलाई फिफाले बस्ने आउन जाने व्यवस्था गरेको हुन्छ ।

साथै हरेक खेलका लागि ९–९ लाख पनि दिएको जनाएको छ । रुसमा जारी विश्वकपमा म्याराडोना, रोनाल्डो, कासिलास, कार्लोस भाल्डेरमा । कार्लेस पुयोल, जाबी र स्यामुल इटोलाई निमन्त्रणा दिएको छ । म्याराडोना अर्जेन्टिनाको सबै खेलमा सहभागि थिए । तर उनी भएपछि विवाद पनि हुने भयो ।

यहाँ पनि आइसल्यान्डविरुद्ध सिगार तानिरहेकोले उनले विवाद खडा गरेका थिए । जबकी फिफा विश्वकपमा टोबाको मनाहि गरिएको छ । म्याराडोना नाइजेरियाविरुद्ध सन्चो नभएर अस्पतालमा परीक्षणको लागि जानु परेका थिए ।

प्रतिक्रिया दिनुहोस्