ब्याडमिन्टनका दिपेश सवोत्कृष्ट



काठमाडौं, असार १७ गते ।
शहीद दशरथ चन्द मेमोरियल ट्रष्टले आइतबार क्रिकेटर सन्दीप लामिछानेसहित आठ खेलाडीलाई आइतबार दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कार प्रदान गरेको छ ।

शहीद दशरथ चन्दको ११६औँ जन्मजयन्तिका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप), त्रिपुरेश्वर हातामा रहेको दशरथ रङ्गशालाको प्राङ्गणमा शहीद चन्दको सालिक रहेको स्थानमा आयोजित कार्यक्रममा सन्दीपसहित क्षेत्रगत रुपमा पाँच र पाराबाट दुई खेलाडीलाई नगद पुरस्कार प्रदान गरियो ।

शहीद दशरथ चन्द मेमोरियल ट्रष्टका संस्थापक अध्यक्ष कर्णबहादुर चन्दले २०७४ सालमा भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडीलाई सम्मान गरिएको बताइएको छ ।

सन्दीपलाई विशिष्ट मेधावी खेलाडीबाट पुरस्वृmत गरिएको हो । यद्यपि ग्लोबल टी÷२० क्यानाडा २०१८ खेल्न क्यानाडामा रहेकोले सन्दीप कार्यक्रममा उपस्थिति हुन सकेनन् ।

यसैगरी पूर्वाञ्चलबाट ब्याड्मिन्टनकी जेसिका गुरुङ, पश्चिमाञ्चलबाट क्रिकेटका करण केसी, मध्यमाञ्चलबाट शारिरीक सुगठनकी ननिता महर्जन, मध्यपश्चिमाञ्चलबाट ह्यान्डबलकी कल्पना ओली र सुदूरपश्चिमाञ्चलबाट ब्याड्मिन्टनका दिपेश धामी पुरस्कृत भए ।

यसैगरी पारामा ह्विलचेयर क्रिकेटका हिमाल अर्याल र पारा तेक्वान्दोकी रञ्जना धामीलाई पनि पुरस्वृmत गरियो । ट्रष्टले २०६२ सालदेखि खेलाडीलाई पुरस्कृत गर्दै आएको छ ।

सम्मानित खेलाडीमध्ये पनि दीपेशलाई सर्वश्रेष्ठ खेलाडी घोषित गरियो । उनलाई सम्मानपत्रका साथ १५००१ रुपियाँले पुरस्वृmति गरियो । अन्य खेलाडीलाई जनही १०००१ रुपियाँ प्रदान गरियो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले उत्कृष्ट घोषित खेलाडीहरुलाई पुरस्वृmत गरे ।

सो कार्यक्रममा मन्त्री विश्वकर्माले खेलकुदको माध्यमद्वारा राष्ट्रको इज्जत र प्रतिष्ठा राख्ने मेधावी खेलाडीहरुलाई हरेक वर्ष दिइने उत्कृष्ट खेलाडी पुरस्कार शहिद दशरथ चन्दप्रतिको ठूलो सम्मान भएको धारणा व्यक्त गरे ।

गोरखापत्रकर्मी शाक्य पुरस्वृmत
शहीद दशरथ चन्द मेमोरियल ट्रष्टले गोरखापत्रका खेल पत्रकार प्रजित शाक्यलाई नगदसहित उत्कृष्ट खेल पत्रकारिताको पुरस्कार प्रदान गरेको छ । शहीद दशरथ चन्द मेमोरियल ट्रष्टले यसपालिदेखि उत्कृष्ट लेख÷रचनाको मूल्याङ्कन गरेर उत्कृष्ट पत्रकारिता पुरस्कारको थालनी गरेको हो । यसको पुरस्कार राशि ५००१ रुपियाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्