डेनमार्कलाई हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणको खेलमा डेनमार्कसँगको खेलमा क्रोएसिया क्वार्टरफाइनलमा प्रबेश गरेको छ । खेलको ९० औँ र थपिएको अतिरिक्त समयभित्र पनि १–१ गोलको बरबरीपछिको पेनाल्टी सुटआउटमा यस्तो छिनाफानो भएको हो । क्रोएसिया ३–२ ले डेनमार्कलाई टाइब्रेकरलाई रोक्दै क्वार्टरफाइनल पुगेको छ । भने डेनमार्क प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्