डिज्युबाको पेनाल्टी सुटआउटमा स्पेन विरुद्ध रसिया बराबरी



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणमा स्पेन र रसिया बीचको खेल १–१ गोलको बराबरीमा पुगेको छ । खेलको १३ औँ मिनेटमा आयोजक रसिया विरुद्ध स्पेनले हानेको कर्नर बलमा आत्मघाती गोल मार्फत स्पेनले अग्रता लिएको थियो भने ।

खेलको ४२ औँ मिनेटमा स्पेनका खेलाडीले डिबक्सभित्र ह्याण्ड गरेर फल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै स्पेन र रसिया १–१ गोलको बराबरीमा पुगेको हो । रसियाका तर्फबाट डिज्युबाले पेनाल्टी सुटआउट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्