आयोजक रसिया र स्पेनको खेल सुरु



काठमाडौं ।
विश्वकप फुटबलको जारी नकआउट चरणको खेलमा आयोजक रसिया र स्पेन बीच सुरु भएको छ ।  समूह ए को उपबिजेता बनेको आयोजक रूसले तेस्रो खेलमा समूह बी को बिजेता स्पेनविरुद्ध खेल्ने निधो भएको हो ।

यी दुईले मस्कोस्थित लुजनीकी नेसनल स्टेडियममा खेल्नेछ । स्पेन समूह बी को बिजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । पछिल्ला १२ महिना भित्र यी दुई राष्ट्रले दोस्रो पटक रुसमा खेल्न लागेको हो । पछिल्लो भेटमा स्पेन र रूसले ३–३ गोलको बराबरी खेलेका थिए ।

तथ्याङ्क अनुसार स्पेन अहिलेसम्म रूससँग पराजित भएको छैन । जसलाई स्पेनले आइतबार निरन्तरता दिन्छ वा दिदैन, आइतबारको खेलपछि नै थाहा हुनेछ । स्पेन सन् २०१६ को यूरोकपबाट बाहिरिएको खेलपश्चात अहिलेसम्म खेलेका सबै म्याचमा अपराजित नै छ ।

तर पछिल्ला ८ म्याचमा मध्ये स्पेनले ३ खेलमा मात्र जितको नतिजा निकालेको छ । जसमध्ये
अर्जे्न्टिनाबिरुद्ध निकालेको ६–१ को जित उत्कृष्ट नतिजा हो । जारी विश्वकपको समूह चरणमा पनि स्पेनले १ जित र दुई बराबरी खेलेको थियो ।

यता समूह ए मा लगातार २ खेल जित्ने क्रममा ८ गोल गरेको आयोजक रूस अन्तिम खेलमा उरुग्वे सँग सहजै ३–० ले पराजित भएको थियो । विश्वकपमा साउदी अरेबियालाई ५–० ले पराजित गर्नु अघि रूसले ७ खेलमा जित देखेको थिएन ।

जसका कारण रुसलाई इतिहासकै कमजोर टोली भनिएपनि अहिले अन्तिम १६ मा छनोट भएर त्यसलाई गलत सावित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्