विप्लव समूहको आरोपमा पक्राउ परेका नेम्वाङ् रिहा



भद्रपुर (नेस)
विप्लव समूहको कार्यकर्ता भएको आरोपमा मेची अञ्चलका विभिन्न प्रहरी हिरासतमा एकसय पाँच दिन वसेका एक व्यत्ति धरौटीमा रिहा भएका छन् । पाँचथर फाल्गुनन्द गाउँपालिका ३ गुराँसेका ३३ वर्षीय गोरे भनिने एलिया नेम्वाङले जिल्ला प्रशासन कार्यालय झापामा एकहजार धरौटी बुझाएर आइतबार रिहा भएको प्रशासन कार्यालय झापाले जनाएको छ ।

गत चैत्र १५ गते पाँचथर प्रहरीले विप्लव समूहको कार्यकर्ता भएको आरोपमा आफ्नै घरबाट पक्राउ परेपछि इलाम कारागारमा २० दिन हुँदै इलाका प्रहरी कार्यालय धुलावारी झापाको हिरासतमा २७ दिन विताएका नेम्वाङले धरौटीमा रिहा भएपछि आफू स्वतन्त्र नागरिक भएको प्रष्ट पारेका छन् । आफू नेकपा विप्लव समूहको सदस्य नभएको समेत प्रष्ट पारेका थिए ।

उनले प्रेस विज्ञप्ती जारी गर्दै नेपाल सरकारको नीति नियममा रहेर स्वतन्त्र नागरिक जीवन व्यतित गर्ने प्रष्ट्याएका छन् । उनले भने विगतमा माओवादी केन्द्रको कृयाशील सदस्य रहेको भए पनि अहिले कुनै दलमा आबद्ध नभएकोले विप्लव माओवादीको आरोप झुट भएको प्रष्ट पारेका थिए । प्रहरीले आशङ्कामा मलाइ पक्राउ गरेकोले प्रमाण पुगेमा जुनसुकै कार्वाही भोग्न तयार रहेको उनले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्