पाँच वडाध्यक्ष रिले अनशनमा



गौशाला, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका पाँच वडाध्यक्ष ११ बुँदे माग राख्दै आजदेखि नगरपालिकाविरुद्ध रिले अनशनमा बस्नुभएको छ ।

नगरपालिकामा भइरहेको अनियमितता, गैरकानूनी कार्य र भ्रष्टाचारको विरोधमा प्रमुख रामशंकर मिश्र र इञ्जिनीयर माधवेन्द्र चौधरीलाई लक्ष्य गर्दै नगरपालिका वडा नं २ का वडाध्यक्ष वरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का रामछविला यादव, ८ का विजय सिंह र १० का विकाउ दास नगरपालिका कार्यालय परिसरमै आज अपराह्न १२ः१५ बजेदेखि रिले अनशनमा बसेका छन् ।

नगरपालिकाका प्रमुख रामशंकर मिश्रले पनि आजै पत्रकार सम्मेलन गरी
आफूले नियमसंगत सबै कामकाज गर्दै आएको, आर्थिक अनुशासनको अक्षरशः पालन गरेको र कुनै किसिमको भ्रष्टाचार नगरेको जिकिर गर्नुभयो ।
इ चौधरीले कानूनको परिधिभित्रै रहेर नेपाल सरकारकै आदेशानुसार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं इञ्जिनीयरका रुपमा बसेर कामकाज गरिरहेको उहाँले बताउनुभयो । उहाँले अनशनकारीसँग वार्ताका लागि आह्वान पनि गर्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्