गोल्डेन बुटको दाबेदार को ? एम्बाप्पे की कभानी ?



मस्को, रसियामा जारी विश्वकप फुटबलमा गोल्डेन बुटको दौडमा इङल्याण्डका ह्यारी केन अगाडी नै रहेका छन् । केनले ५ गोल गर्दै गाडी रहेका छन् भने रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकुले समान ४–४ गोल गरेका छन् । अब पोर्चुगल विश्वकपबाट बाहिरिएपछि रोनाल्डोको गोल्डेन बुट जित्ने सम्भावना समाप्त भएको छ ।

त्यस्तै गोल्डेन बुटको दौडमा फ्रान्सका किलियन एम्बाप्पे र उरुग्वेका एडिनसन कभानी पनि अगाडी आएका छन् । उनीहरु दुवैले अन्तिम १६ को खेलमा समान २–२ गोल गर्दै विश्वकपमा आफ्नो गोल संख्या ३–३ पुर्याउदै गोल्डेन बुटको दौडमा सामेल हुन पुगेका छन् । त्यस्तै रसियाका डेनिस चेरीशेभ र स्पेनका डिएगो कोष्टाले पनि हालसम्म समान ३–३ गोल गर्दै गोल्डेन बुटको दौडमा रहेका छन् ।

यो हालसम्मको अंकगणित हो तर, फाइनलसम्मको यात्रामा सर्वाधिक गोकर्ता र सबैभन्दा बढि चम्कने खेलाडी को बन्नेछन यो अझै हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्