नदी कटानको जोखिममा बस्ती, नियन्त्रणमा सुस्तता



विमल विष्ट, डोटी
प्रदेश नम्बर ७ को पहाडी जिल्ला डोटीमा समयमै नदि कटान र पहिरो नियन्त्रणको पहल नहँुदा डोटीमा बग्ने सेती, अछाम–बाजुरामा बग्ने बुढी गंगा र अन्य शाखा खोलानाला छेउछाउका दर्जनौ बस्ती जोखिममा पर्दै गएका छन् । गएको बर्ष जेठ २६ गते आएको बाढी पहिरो शिखर नगरपालिका ९ को तिलतालीसैन गाउमा पसेपछि बस्ती नै जोखिममा परेको छ । झण्डै डेढ सय परिवार पहिरोको जोखिममा छन् ।

डोटीकै शिखर नगरपालिका बारपाटा गाउको वडा नं. २ र ३ का ४८ परिवार सेती नदी र हारेखोलाको कटानले बस्तीनै उठीबास हुनसक्ने खतरामा छ । त्यस्तै सेती नदिको कटानले बारपाटाको वडा नं. ६ स्थित बल्लेगडा गाउका विष्ट परिवार पनि जोखिममा छन् । नदि कटानका कारण विष्ट गाउका १४ परिवारमा बर्षेनी असार, साउन महिनामा त्रास बढ्दै गएको स्थानिय गणेश विष्टले बताउनु भयो ।

२०७३ साल साउनमा ६ जनाको ज्यान जाने गरी सायल गाउपालिका स्थित डौड तोलेनीका ७ गाउ स्थानीय साइलीगाडमा आएको बाढी र गाउमाथी खसेको पहिरोले जमिन चिरा चिरा पारेको छ ।

बाढी र पहिरोले पुरै गाउको भुगोल फेरिएको स्थानिय डिलबहादुर सिंहले बताउनु भयो । उहाँले भन्नु भयो ‘बाढी पहिरोले पुरै गाउ र जमिनको मुहारै फेरेको छ बस्तिमाथी पुरै चिरैचिरा परेको छ कतिबेला केहुन्छ भन्न सक्ने अवस्था छैन,डरै डरैमा रात बित्छ ।’त्यस्तै शिखर नगरपालिकाको बानेडुंग्रीसैन क्षेत्र नदि कटानको उच्च जोखिममा छ ।

त्यहा“को सिद्धेश्वर उच्च माबिको पर्खाल नदिले बर्षैनी काटीरहेको र नदि गाउतिर सोझाएकाले सयौं परिवार घरबारबिहीन हुनसक्ने सम्भावना रहेको स्थानिय नरेन्द्र बलायरले बताउनु भयो ।

उता डोटीको पुर्बि क्षेत्रमा रहेको बोगटान गाउपालिकाको वडा नं. ८ स्थित मल्लागाउको तल्लो भेगको जमिन पनि भासिन थालेको र जमिन फुटेर बर्षेनी १०÷१५ फिट तल भासिन लागेको स्थानिय हर्कबहादुर बमले बताउनु भयो ।

४५ परिवार रहेको सो गाउ समयमै नियन्त्रणका लागि पहल नगरे संकट पर्ने उहाँको भनाई छ । उता बाजुरा–अछाममा बग्ने बुढीगंगा नदिको कटानले अछामको सा“फेबगर देखि कैलाशखोला र बाजुराको मार्तडी स्थित पावरहाउस देखि लेकसम्मको भागमा बर्षेनी नोक्सान पार्दै आएको छ ।

जलउत्पन्न प्रकोप ब्यबस्थापन सव डिभिजन कार्यालय न. २३ दिपायल राजपुरका प्रमुख कुमारबहादुर खड्काले बुढीगंगा नदिको गुरु योजना तयार पारेर नोक्सानी नियन्त्रण गर्ने प्रयासमा भईरहेको बताउनु भयो । उहाँले भन्नु भयो ‘अव साना तथा टुक्रे योजनामा बढी ध्यान दिने छैनौं, गुरुयोजना बनाएर काममा लाग्ने तयारीमा छौं ।’

कर्णाली नदिले अछामका कालिकास्थान, रानीबन र ढुंगाचाल्ना क्षेत्रमा तिब्र क्षेती पारिरहेको छ भने डोटीको सायलीगाड र दक्षिण क्षेत्रमा बग्ने ठुलीगाडमा नदी कटान अनियन्त्रीत बन्दै गएको छ । जिल्ला दैवी उद्धार प्रकोप समितिले जिल्लाका बोगटान,सायल,बारपाटा,जोरायल लगायतका १० वटा क्षेत्रलाई उच्च जोखिममा राखेको छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादबले जिल्लामा बर्षादको समयमा हुन सक्ने घटनाहरुबाट कसरी उद्धार गर्न सकिन्छ भन्ने तयारीमा रहनुका साथै बिपती नियन्त्रणका लागि पहल भइरहेको बताउनु भयो ।

जलउत्पन्न प्रकोप ब्यबस्थापन सव डिभिजन कार्यालय न. २३ दिपायल राजपुरले सेती नदि आसपासका बस्तीहरुलाई जोखिमबाट बचाउन गुरुयोजना तयार गरी काम भईरहेको जनाएको छ । गुरुयोजनाले सेती नदीले माथिल्लो भेग गिरीचौका बाट क्षेती गर्दै तल तिखात्तरको नारीदाङ्ग सम्म असर पारेको उल्लेख गरेको छ ।

गुरु योजना अनुसार बिभिन्न ११ वटा ठाउ“मा नदी नियन्त्रणका लागि काम गरीरहेको सो कार्यालयका खरिदार दिपेन्द्र शाहले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्