काजक्रिया सात दिनमा, वैदिक सनातन झापाको आपत्ति



भद्रपुर, (नेस)
मानिसको मृत्युपछि शास्त्रीय रुपमा गरिदै आएको तेह्रदिने दशगात्रा (काजक्रिया) लाई सात दिनमा सम्पन्न गर्ने भन्ने आएको हल्लाहप्रति धार्मिक संस्थाको गम्भिर ध्यानार्कषण भएको छ ।

वैदिक सनातन धर्म संरक्षण समिति झापाले शुक्रबार विज्ञप्ती जारी गर्दै यूगौदेखि परम्परागत रुपमा चलिरहेको शास्त्रीय कर्मकाण्ड विधिलाई जथाभावी दुरुपयोग गर्दै केही पुरोहित र यजमानले सात दिनमा सक्ने भन्ने चलेको हल्लाह प्रति चासो देखाएको हो ।

समितिका अध्यक्ष आचार्य लक्ष्मी प्रसाद खतिवडा र महासचिव आचार्य शङ्कर अधिकारीले संयुक्त रुपमा हस्ताक्षर गरि विज्ञप्ती सार्वजानिक गरेका छन् ।

विधिविधानलाई मनगणन्ते, कपोकल्पित, भ्रामक, दुष्प्रचार गरी मृत्युसँगै सम्बन्धित अन्त्येष्टिकर्म तेह्र दिनमानै गर्नुपर्ने शास्त्रीय मर्यादा हुँदाहुदै बर्तमानमा केही तथा कथित पुरोहित र यजमानहरुको संलग्नतामा सात दिनमानै क्रियासक्ने भन्ने निर्णय गरी गर्ने गराउने जानकारीमा आएकोले यो संस्थाको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्ता शास्त्रीय विधि विपरित घृणित,निःकृष्ट,कुकर्म गर्ने गराउने सम्बन्धित दुवैपक्ष पुरोहित र यजमानलाई शास्त्रीय विधान विपरित कर्म नगर्न नगराउन अनुरोध गरेको जनाएको छ । यस्ता भ्रामक तथा अशास्त्रीय,मनगणन्ते प्रचारवाजी गर्नेहरुका पछाडी नलाग्न हुन संरक्षण समितिले अनुरोध गरेको छ ।

सातदिने कर्र्म काकरभिट्टाका एक यजमानको घरमा सम्पन्न हुने भन्ने बारेको जानकारी आएकोले यसप्रति चासो देखाउन जरुरी रहेको आचार्य शान्तीराम नेपालले जनाए ।

यस्ता प्रकारका घट्नाले यूगौदेखी चलिआएको धर्मनै समाप्त पार्ने चलखेल भएकोले सवै धर्मानुरागी मानुभावहरलाई समयैमानै जानकारी गराउन विज्ञप्ती मार्फत सार्वजानिक गर्नु परेको समितिका अध्यक्ष खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्