महोत्सवबाट साढे २१ लाख नाफा



नुवाकोट, (नेस)
नुवाकोट उद्योग वाणिज्य संघले पाचौ नुवाकोट महोत्सबको आर्थिक आय व्यय आज सार्वजनिक गरेको छ ।

नुवाकोट सदरमुकाम बिदुरमा ११ दिन सम्म सञ्चालन भएको महोत्सबमा ९० लाख ९६ हजार ८ सय ६१ रुपैयाँ आम्दानी भएको नुवाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष गीता अमात्यले जानकारी दिनुभएको छ । उहाको अनुसार महोत्सबमा ६९ लाख ४१ हजार ८ सय ८९ हजार खर्च भएको थियो भने २१ लाख ७४ हजार ९ सय ७२ रुपैया नाफा भएको छ ।

महोत्सबबाट नाफा भएको रकमले वाणिज्य संघले आफ्नै भवन निर्माण गर्नको लागी जग्गा खरिद गर्ने तयारी भएको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताउनुभएको छ । नुवाकोट वाणिज्य संघको आयोजनामा गत फागुन १६ गते देखी २७ गते सम्म महोत्सब सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्