डाजाङको साहित्यिक यात्रा सम्पन्न



नेपाल समाचारपत्र, ललितपुर
तामाङ मासिक पत्रिका तामाङ डाजाङले दुई दिने तामाङ साहित्यिक यात्रा सम्पन्न गरेको छ । तामाङ साहित्य र सँस्कृतिको उजागर गर्ने उद्देश्यले डाजाङले गरिएको यात्रा शनिबार सम्पन्न भएको हो । डाजाङले कोन्ज्योसोम गाउँपालिका–२ शंखुमा पुगेर कार्यक्रम गरी यात्रालाई सम्पन्न गरेको थियो ।

डाजाङको यस पटकको यात्रा मातृभाषा शिक्षा र साहित्यको लागि रहेको डाजाङकी अध्यक्ष सन्चु ब्लोन तामाङले जानकारी दिनुभयो । उहाँले यस यात्रा तामाङहरुको ऐतिहासिक थलोमा पुगेर मौलिक साहित्यका बारेमा छलफल गर्दै तामाङ साहित्यको विकासमा केन्द्रीत हुने गरेको बताउनुभयो ।

उहाँले यस पटकको यात्राले जिल्लाको दक्षिणी भेग शंखुमा केन्द्रीत गरेर यहाँ रहेको स्थानीय ताम्बा, गान्बा, ताप्थाबाहरुसँगको साक्षत्कार, तामाङ सँस्कृतिको अबस्था, तामाङ थरहरु, तामाङहरुले पुज्ने स्थानीय देबीदेवताका बारेमा जानकारी लिएको बताउनुभयो ।

यसका साथै तामाङ स्रस्टाहरुले शंखुका भौगोलिक, आर्थिक, सामाजिक पक्षको अवलोकन गर्दै गित, कविता, हाईकु र गजल मार्फत कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो । यात्रा लगनखेलदेखि सुरु भई चापागाउँ–टिकाभैरब–दलचोकी हुँदै शंखुसम्मको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्